पौडेललाई आधि उमेर ढल्केको पीडा (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ९ श्रावण २०७६, बिहीबार
Manju Poudel

काठमाडौं । चेलीले तीजमा दुःख बिर्सेर नाच्ने गाउने चाड हो । गायिका मन्जुले पनि सबै चेलीबेटीलाई काम भन्दै आधी उमेर गयो अब तीजमा भने मादल बजाएर नाच्नुपर्छ रमाइलो गर्नुपर्छ भन्ने सकारात्मक भावसहितको गीत बजारमा ल्याएकी छन् । प्रत्येक तीजमा अरुभन्दा फरक र मौलिकपनसहित गीत लिएर आउने गायिका पौडेलले यसपाली तीजमा पनि फरकपहिचानसहित गीत लिएर आएकी छन् । कही दिन अगाडि तीज ब्याटल लिएर प्रस्तुत भएकी गायिका पौडेलले यो गीत भने विल्कुलै चेलीबेटीको यथार्थपरक जिन्दगीलाई समेटेर ल्याएकी छन् ।

‘काम भन्दै गयो मेरो आधि उमेर घन्काइदेऊ मादलु नाच्छु घुमेर’ काम र पैसाको लागि सधैँ व्यस्त रहने आम नेपालीको जीवनशैलीप्रति लक्षित गर्दै ल्याइएको यो गीतको भिडियोमा स्वयं मञ्जु पौडेल र चर्चित कार्यक्रम उकाली ओरालीकी प्रस्तोता अनुषा पौडेल फिचर्ड छन् । हरेक वर्ष तीजको गीतमा आमालाई प्रस्तुत गर्दै आएकी पौडेलले यस वर्ष पनि आमालाई भिडियोमा प्रस्तुत गरेकी छन् । उनकी आमा भगवती ज्ञवालीको पनि अभिनय भिडियोमा देख्न पाइन्छ ।

दिग्गज धौरालीले शब्द र अर्जुन पोखरेलले सङ्गीत एवं संगीत संयोजन रहेको यो गीतलाई बि एम एस फिल्म्सले बजारमा ल्याएको छ । यस गीतको म्यूजिक भिडियोमा शिव वि.क.को कोरियोग्राफी एवं निर्देशन रहेको छ । सौरभ लामाको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु