• तीज गीतमा देखिएको फरकपन ‘के छ ओई पान पाते ठूली’

    म्यूजिक खबर
    प्रकाशित: ११ श्रावण २०७६, शनिबार २१:३८
    Panpate Thuli

    काठमाडौं । पछिल्लो समयका चर्चित गायक हुन् रविन लामिछाने । युवापुस्ताको ढुकढुकी बनेका गायक लामिछाने सकेसम्म आफूलाई फरकपनमा प्रस्तुत पनि गर्न चाहन्छन् । त्यस्तै गीतकार नवराज पन्त पनि गुणस्तरीय शब्द सिर्जना गर्ने सर्जकका रुपमा परिचित छन् । यी दुईको सहकार्य बनेको छ ‘के छ ओई’ । यति बेला निकै लोक प्रिय गायक रबिन लामिछानेको तीज गीत ‘के छ ओई’ ले रेकर्ड ब्रेक गरि रहेको छ टिकटक र युटुबमा ।

    यहि क्रममा पछिल्लो समय युवा पुस्ता स्रोतादर्शक माझ चर्चित गायक रबिन लामिछाने र रिना केसीको आवाजमा आएको ‘के छ ओई’ को शब्द नवराज पन्तले लेखेका छन् भने खेम पुनको संगीत रहेको छ । गीतको संगीत संयोजन भने आशिष अबिरलको रहेको छ । गीतको भिडियोलाई गायक लामिछानेको को अफिसियल युट्युब च्यानलबाट सार्वाजानिक गरिएको हो ।

    सार्वाजानिक भएको निक्कै छोटो समयमा नै टिकटक मा ७ हजार भन्दा माथिको भिडियो पोस्ट भएको छ यस कारण पनि गीत सबैको रोजाइमा पर्नेमा आफु ढुक्क रहेको जानकारी गराउछन गायक लामिछाने ।

    गीतले २४ घन्टाको अन्तरालमा लाखौ दर्शकहरुको बटुल्न सफल भएको छ । नयाँ तरिकाले तयार पारिएको भिड्यÞोलाई देबेन्द्र बब्लुले निर्देशन गरेका हुन् भने बिशाल घिमिरेले सह निर्देशन गरेका छन् । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । भिडियोमा कारण चैसिरको छायाँकन रहेको छ भने प्रविन भट्टको सम्पादन रहेको छ । भिडियोमा चर्चित गायक एव मोडल प्रकाश सपुत, जुना सुन्दास र निक्स शर्मालाइ पनि देख्न सकिन्छ भने भिडियोमा मोडल जुना गुरुङलाई नयाँ भूमिकामा देख्न पाइन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु