काठमाडौं । गयिका मञ्जु भटराई र गायक वसन्त लम्सालको स्वरमा रहेको तीज गीत ‘गोरखपुरे रेल’ सार्वजनिक भएको छ । उक्त गीतमा बिक्कु कुँवरको शब्द र गायक लम्सालको लय सृजना रहेको छ भने एरेन्ज विश्वास नेपालीको रहेको छ ।
उक्त गीतको भिडियोमा रामजी खाँण , सलिना नेपाली र विश्वास नेपालको अभिनय रहेको छ । उक्त गीतलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने अजय रेक्मीको छायांकन र दिपक बिष्टको सम्पादन रहेको छ । उक्त गीतको भिडियोलाई अर्घादरबार फिल्सम प्रा, लि, मार्फत बजारमा आएको छ ।