
डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान पु¥याउँदै आएकी गायिका भुमिका शाहको ‘झुम्का र पाउजु’ बोलको गीत सार्वजनिक भएको छ । गीतलाई तिर्सना म्यूजिकको युटयुबबाट सार्वजनिक गरिएको छ । भुमिका शाहको नै शब्द रहेको उक्त गीतमा तृप्ति खड्काको संगीत रहेको छ ।
झुम्का लगाउने र पाउजु बजाउने कुरा गरिएको उक्त गीतमा तीजमा ठुम्का लगाउने कुरा गरिएको छ । अनु पराजुली , बाबु काजी थापा , सन्जय कुँवर , होमरनज थापा , बिबेक कुँवर , टोम बहादुर कुँवर , अच्युत रिजाल , गोपीराम बस्नेत र मन्जु रिजालको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायाँकन गरेका हुन् । तीजको रमाईलो प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । बाबु राम बोहोराको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिष्णु शर्माले संपादन गरेका हुन् ।