• पहिलो तिज गीतबाटै चर्चा बटुल्दै सुष्मा (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १५ भाद्र २०७६, आईतवार

    काठमाडौं । विगत दुई दशक देखी सौन्दर्यको क्षेत्रमा सकृय रहदै आएकी सुष्मा महरा उनी सौन्दर्य सम्बन्धी प्रशिक्षणमा अभ्यस्त रहने र यदाकदा स्तम्भ समेत लेख्ने गर्दै आएकी छिन् । काठमाण्डौं उद्योग वाणिज्य संघको कोषाध्यक्ष र काठमाडौं मल ब्यापार संघको अध्यक्षको जिम्मेवारीलाई वहन गर्दै उनले ब्यवसायीहरुको हकहितका निम्ती समेत काम गरेकी छिन् । पछील्लो समयमा सुष्मा महरा गीतकार एबम कलाकारको भूमिकामा देखा परेकी छिन् ।

    केही दिन अघि मात्रै सार्वजनिक गरेको तीज आयो बोलको गीतको म्यूजिक भिडियोले हाल युटुबमा १ लाख भन्दा बढी दर्शकको माया पाईसकेको छ । उक्त गीतमा सुष्माको शब्द,निरज श्रेष्ठको एरेन्ज, मिना निरौलाको संगीत र स्वरमा तयार भएको गीतको भिडियोमा अभिनेत्री निता ढुङ्गानासंगै सुष्मा स्वयमले नृत्य गरेकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु