
काठमाडौं । गायिका सरस्वती लामाको पहिलो पटकको तीजको गीतले नेपालीहरुको दुनियाँमा तहल्का नै मच्चाएको छ। परंपराको स्वाद भन्दा ऐलेका पारखीहरुलाई फोकस गरेर लेखिएको यसपालिको तीज पनि रक मै जम्ने भो तीजको गीत ऐलेको नेपाली समाजमा धेरै चर्चामा पुग्न गयो । उक्त गीतको शब्द कृष्ण के सी, रहेको छ भने टंक बुढाथोकीको संगीत रहेको छ । सोही गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।
क्यामेरा रभिडियो इडिट यूवराज खत्रीको रहेको छ । उक्त गीतको भिडियोमा बिपना बस्नेत, रीना थापा मगर, निशा तामांग, मालिका थोकर, सुनिता दोङ्ग, कमल फुंयाल, बाबुराम भुजेल, स्वयम गायीका सरस्वती लामा लगायतको अभिनय रहेको छ ।