काठमाडौं । गायक रुपक डोटेलको “बयान उनको म के गरु” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोही गीतमा असोक शेरचनको शब्द रहेको उक्त गीतमा आलोक श्रीको संगीत रहेको छ भने महाराज थापाको एरेंज रहेको छ । एक युवकको मनको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मायालुको बयान गरिएको छ । उक्त गीतको भिडियोलाई युवराज वाइवाको निर्देशन गरेका हुन भने सोह गीतको भिडियोमा अविनास शिल्वाल र करुणा श्रेष्ठको अभिनय रहेको छ ।
उक्त गीतको भिडियोमा उनीहरुलाई माया साट्टदै देख्न सकिन्छ । सोही गीतको भिडियो उत्सव दहालले छायांकन गरेका हुन् भने गतिको भिडियोलाई बिकास दहालले सम्पादन गरेका हुन् । गीतलाई म्युजिक नेपालको युटयुबच्यानलबाट सार्वजनिक गरिएको हो ।