
गायिका रिता केसीले आफ्नै अफिसियल युटुब च्यानलमार्फत ‘के पर्यो कान्छाको पुरा नाम’ को भिडियो गीत सार्वजनिक गरेकी छन् । उनले शुक्रबार उक्त भिडियो सार्वजनिक गरेकी हुन् ।
गीतमा उनीसँगै ध्रुव बिस्कोको स्वर रहेको छ । सार्वजनिक गरिएको लोक आधुनिक गीति भिडियोमा नायिका नम्रता सापकोटाको साथमा गम्भिर बिस्टले फिचरिङ गरेका छन् ।
बिस्ट गीतका निर्देशक समेत हुन् । धनबिर पुनको शब्द, दिपक शर्माको संगीत रहेको उक्त गीतको संयोजन उदय राज पौडेलको हो । नवराज उप्रेतीको छायाङ्कन र नवीन निरौलाको सम्पादन रहेको गितमा कोरियोग्राफी सुवोल थापाको रहेको छ ।