काठमाडौं । सांगीतिक क्षेत्रमा आशा लाग्दी गायिका सेलिना कुँवर पछिल्लो समय अति नै ब्यस्त बनेकी छन् । केही समय पहिले बलिउडका हस्तिहरु उदित नारायण झा, कुमार सानु, जाबेद अलिसंग गीत रेकर्डिङ सक्काएर नेपाल फर्के लगतै भोजपुरी गीत सार्वजनिक गरेकी छन् ।
छठ पर्वको अवसर पारेर भोजपुरी गायक दिनेशलाल यादव ‘निरहुआ’ र सेलिमा कुँवरको मिठो स्वर समेटिएको छठ गीत सार्वजनिक भएको छ । सन्तोषराज सहनीको संगीत, आनन्द अस्तिभाको शब्द रहेको ‘मत होख ए धनियाँ…’ बोलको गीत निरहुआ म्युजिक वल्ड युट्युव च्यान मार्फत सार्वजनिक भएको हो ।
भोजपुरी चलचित्र ‘रोमियो राजा’को छायांकनको सिलसिलामा काठमाडौं आएको मौकामा गायिका सेलिनाले भोजपुरी गायक दिनेशलाल यादवसंग छठ गीत रेकर्ड गराएकी थिईन ।