
काठमाडौं । गायिका सुनितामी परियार र गायक अबिनाश गुरुङको स्वरमा रहेको नयाँ गीत ‘पिपलुलाई बर’ आजबाट सार्वजनिक भएको छ । मालती डिजिटलबाट बजारमा आएको गीत पिपलुलाई बर गीतलाई विनोद बाबु केसी, सपना र कृष्णको शब्द रहेको छ । विनोद बाबु केसीको संगीत रहेको उक्तमा गण्डकी रोधीघरमा रोधी गाउँदाको अवस्थालाई प्रस्तुत गरिएको छ । गीत सुन्दा गण्डकी रोधीघरको प्रचार प्रसार गरेको देखिए पनि गीतमा आ–आफ्नै मनका भावनाहरुलाई प्रस्तुत गरिएको छ ।
पिपलुलाई बर बोलको गीतको म्यूजिक भिडियोमा काजिश श्रेष्ठ र ऋतु तामाङको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको उक्त भिडियोको सम्पादन दिपक विष्टले गरेका छन् भने छायाँकन सुरेश श्रेष्ठको रहेको छ ।