• किन ‘करेन्ट लाग्छ’ रुपक र मनिषालाई सार्वजनिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २२ कार्तिक २०७६, शुक्रबार ०३:०४

    काठमाण्डौं । गायक रुपक डोटेल र गायिका मनिषा पोखरेलको स्वरमा रहेको गीत ‘करेन्ट लाग्छ’को भिडियो सार्वजनिक भएको छ । आईटम गीतको प्रस्तुत गरिएको यस गीतमा निश्चल कल्पनाको शब्द तथा के.बि. भण्डारीको संगीत रहेको छ ।

    गीतले बैंशालु युवतीको कम्मर छुँदा करेन्ट लाग्ने भाव प्रस्तुत गरेको छ । प्रायः चलचित्रमा राखिने आईटम गीत जस्तै लाग्ने यस गीतको भिडियोलाई उत्कृष्ट बनाउने कोशिस गरेको निर्देशक आदित्य बुढाथोकीले बताए ।

    यस गीतको भिडियोमा राज बस्नेत, बिनु शाक्य, करण शाह लगायतको अभिनय रहेको छ । भिडियोलाई मुकेश हुमागाईँले छायाँकन गरेका छन् भने प्रकाश एसकेले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु