म्यूजिक प्रोड्युसर एसोसिएसनमा बी. पाण्डेको नेतृत्व

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । म्यूजिक प्रोड्युसरहरुको संस्था म्यूजिक प्रोड्युसर एसोसियसन नेपालको प्रथम वार्षिक साधारण सभाले बी. पाण्डेको नेतृत्वमा नयाँकार्यसमिति चयन गरेको छ । ललितपुरको मार्स नेपाल रिसोर्टमा सम्पन्न साधारण सभाले गीतकार बी. पाण्डेको अध्यक्षतामा नयाँकार्यसमिती चयन गरेको हो । स्थापनादेखि नै पाण्डेको नेतृत्वमा रहेको यो संस्थाले पुनः पाण्डेलाई नै अध्यक्ष बनाएर नयाँ कार्यसमिति गठन गरेको हो ।

नव निर्वाचित कार्यसमितीको उपाध्यक्ष कस्तुप पन्त, महासचिव बाबुराजा केसी ‘ऊज्वल’, सचिव केशव सापकोटा र कोषाध्यक्षमा सन्तोष केसीलाई निर्वाचित गरेका छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा पदमबहादुर बुढा, हीरा केसी, अर्जुन बोहरा, एकनारायण भण्डारी, बाबुराम बोहरा, सहदेव कोइराला, विमल अधिकारी र सुवास रेग्मी निर्वाचित भएका छन् । यस एसोसिएसनमा सदस्य रहेका पदम बुढाको नेतृत्वमा स्थापना भएको संगीत उत्पादकहरुको साझा संस्था ‘संगीत उत्पादक समाज नेपाल’ पनि क्रियाशील रहेको अवस्थामा त्यो समाजसँग मन नमिलेको, समाजले आफ्नो कुरा नसुनेको भन्दै केही सदस्यहरु मिलेर यो संस्थाको गठन गरेका हुन् ।
म्यूजिक खबर परिवार बी. पाण्डेको नेतृत्वमा रहेको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु