नरेन्द्रको ‘हेर ऐनामा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७७, मंगलवार

काठमाडौं । गायक एबं सर्जक नरेन्द्र केसीको नयाँ साङ्गीतिक कोसेली ‘हेर ऐनामा’ बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सो कार्यक्रम नरेन्द्र केसीको सभापतित्वमा भएको थियो भने बेपत्ता तथा छानबिन आयोगका सदस्य डा. गंगाधर अधिकारी ‘चिन्तन’ को प्रमुख आतिथ्यता रहेको थियो ।

साथै बरिष्ठ गायक बम बहादुर कार्की, धुन सम्राट बिबि अनुरागी, रेडियो नेपालका कुशल कार्यक्रम सञ्चालक भरत बमजन, नायिका गीता ढुंगाना लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रमको सञ्चालन जिवन ढुंगेलले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” रहेका थिए ।

“हेर ऐनामा” नामक गीतमा नरेन्द्र केसी र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ भने नरेन्द्र केसी कै शब्द, संगीत रहेको छ । यस गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने केशब राज भट्टको कोरियोग्राफी, उत्सब दाहालको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा पछिल्लो समयकी चर्चित नायिका गीता ढुंगाना र प्रथम क्षत्रीको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु