काठमाडौं । एस स्टडी वर्ल्डले निर्माण गरेको गायक दिल तामाङको नयाँ गीत ‘नाचिदेउ बसन्ती’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द र शंकर थापाको संगीत रहेको गीतको भिडियोमा भिमफेदी गाइज र एलिजा शर्माको अभिनय हेर्न सकिन्छ ।
यो भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ । निर्मल लामाले यो भिडियोको निर्देशन गरेका हुन् ।