सांगीतिक क्षेत्रको स्वर्ण नाम- ‘शम्भुजित बास्कोटा’ ६४ को यात्रामा

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७७, मंगलवार

काठमाडौँ । दर्शक, श्रोताको मनमा बलियो छाप बसालेका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा ६४ वर्ष पुरा भएका छन् । २०१३ साल चैत २ गते जन्मिएका शम्भुजितलाई सामाजिक संजालमा सगीतकर्मी र उनका फ्यानले हिजोदेखि निरन्तर शुभकामना दिइरहेका छन् ।

उनलाई संगीत सम्राट र संगीत रत्नको सम्बोधनले पनि बोलाइन्छ । ४ सय बढी सुगम संगीत र दुई हजार माथि संख्यामा चलचित्र गीतमा संगीत भरेका छन् । उनले संगीत गरेका र गाएका थुप्रै गीतहरु कालजयी बनेका छन् । ‘रातो टिका निधारमा टलक्क टल्कियो’, ‘फेवातालको आँगनमा लै लै’, ‘पर्खी बसे आउँला भनि’, ‘तीन पाते डाँडा काटेर’ ‘यो माया के हो, आगो हो कि पानी’ लगायत सयौं हीट गीतमा उनको संगीत सुुन्न सकिन्छ ।

उनले संगीत र गायनसँगै निर्देशक, चलचित्र विकास बोर्डको पहिलो कार्यकारी अध्यक्ष तथा नेपाल टेलिभिजनको अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारी बहन गरिसकेका छन् ।

नेपाली सांगीतिक क्षेत्रकै स्वर्ण नाम बरिष्ठ संगीतकार तथा गायक शम्भुजितलाई म्यूजिक खबर परिवारको तर्फबाट लाखौंलाख शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु