विक्रमजंग शाहको नेतृत्वमा राष्ट्रिय संगीतकर्मी संघ

म्यूजिक खबर
प्रकाशित: ५ मंसिर २०७८, आईतवार

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको पाँचौं महाधिवेशनबाट विक्रम जंग शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षमा संघका तत्कालिन वरिष्ठ उपाध्यक्ष नवराज ढुंगाना र महासचिव रहेका विक्रमजंग शाहको उम्मेदवारी परेको भए पनि भारी मतको अन्तरले पछि पार्दै विक्रमजंग शाह विजयी भएका हुन् । ६३२ मतदाता रहेको संघमा शाहले ५३८ मत प्राप्त गरेका थिए भने ढुंगानाले ८५ मतमा चित्त बुझाउनु परेको थियो ।
त्यसैगरी संघको महासचिव पदमा गायक ऋषि अधिकारी र अमृत खातीको उम्मेदवारी परेको थियो । अधिकारीलाई पछि पार्दै खाती महासचिवमा विजयी भएका थिए । अधिकारीले १०६ मत प्राप्त गरेका थिए भने खातीले ४९८ मत ल्याएर विजयी भएका थिए ।

गायक तथा नायक विक्रम जंग शाहको नेतृत्वमा रहेको नयाँ कार्यसमितिमा वरिस्ठ उपाध्यक्षमा गायक प्रकाश कटुवाल, उपाध्यक्षमा गायिका उमा श्रेष्ठ, गायिका शर्मिला श्रेष्ठ, मिलन श्रेष्ठ, होम सुवेदी, श्याम सुन्दर धिताल रहेका छन् । महासचिवमा गायक अमृत खाती, उप–महासचिवमा गायक बिनोद ढकाल र जीवन परियार, सचिवमा मन्जु गौतम, सुर्य कुमार श्रेष्ठ, थानेश्वर अधिकारी, शिव प्रसाद घिमिरे, सह –सचिवमा आशा लामा (ज्ञानमाला), कोषाध्यक्षमा राज कुमार हुमागाई, सह कोषाध्यक्षमा सिर्जु अधिकारी र प्रवक्तामा कुमार कार्की विजयी भएका छन् ।
त्यसैगरी संघको सदस्यहरुमा शंकर ढकाल, सन्ध्या सानू, दिपक जोशी, अन्जु पण्डित, गोबिन्द गौतम, सुनिता तामाङ, अनिता बस्नेत, रबिन्द्र रिमाल, मनोहर महोतो, बिनोद रन्जन, दिनेश रन्जन निर्वाचित भएका छन् ।
यसभन्दा अघि घमेश दुलाल, रेशम थापा, नवराज घोरासैनी र राजेन्द्र कुमार कार्कीले संघको नेतृत्व सम्हालेका थिए । पछिल्लो समय कार्कीको नेतृत्वमा रहेको कार्यसमितिले मुलुकका ६० भन्दा बढी जिल्लामा शाखा विस्तार गरिसकेको छ । पाँचौं अधिवेशनलाई भृकुटीमण्डपमा संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा उद्घाटन गरेको थियो भने भोलिपल्ट नेपाल प्रज्ञा प्रतिष्ठानमा चुनावी सत्रको कार्यक्रम गरेको थियो ।
म्यूजिक खबर परिवार नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु