काठमाडौं । ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ वैशाख २२ गते आजबाट (बिहीबार) प्रसारण हुने भएको छ। उक्त रियालिटी सोमा वृत्तचित्र (डकुमेन्ट्री) बनाउन ७ जना भिडियो निर्माता निर्देशक टिम बिच प्रतिस्पर्धा हुनेछ ।
प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन प्रतिस्पर्धा गर्न आफ्नो ७ जनाको टोलीसँग नेपालका ७ प्रदेशको भ्रमण गर्नेछन् र सोही ठाउँको वृत्तचित्र निर्माण गर्नेछन् ।
प्रदेश १ बाट टिम सहाना, मधेस प्रदेशबाट टिम घुमन्ते, बागमती प्रदेशबाट टिम मानसी, गण्डकी प्रदेशबाट टिम दर्शन , लुम्बिनी प्रदेशबाट टिम किशोर, कर्णाली प्रदेशबाट टिम अबिन र सुदूरपश्चिम प्रदेशबाट टिम नेपाल – फुड रहेका छन् ।
पहिलो एपिसोड वैशाख २२ गते बिहीबार राति ९ बजे कान्तिपुरमा र इम्याजिन नेपालको आधिकारिक यु–ट्युब च्यानलबाट १० बजे प्रसारण हुनेछ । यस ट्राभल रियालिटी सोमा श्री भूषण दाहाल मुख्य निर्णायकका रूपमा रहेका छन् भने सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सन लिडको रूपमा देखिँदै छन् ।
यात्राका रोमाञ्चक कथाहरूसँगै १६ फरक एपिसोडको रूपमा टेलिभिजन मार्फत प्रसारणमा गरिने छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा लाखौँ मानिसहरूमा पुग्ने आशा राख्दै निर्माण टिमले यस सोलाई दर्शक माझ ल्याएका हुन् ।
नेपाललाई जनताले हेर्ने तरिकामा हाम्रो यात्राले पक्कै परिवर्तन गराउने टिमको अपेक्षा रहेको छ ।
सन् २०१६ देखी इम्याजिन नेपाल हरेक वर्ष प्रभावशाली व्यक्तित्वहरूलाई लिएर देशभरिका अदभूत रमणीय ठाउँहरूमा पुगिरहेको र डिजिटल माध्यमबाट आफ्ना अनुभवहरू प्रस्तुत गरिरहेको छ । यस वर्ष भने महिन्द्रा राइजको प्रस्तुतिमा इम्याजिन नेपालले एक रियालिटी सोको ढाँचा लिएको हो ।
म्यूजिक खबर डटकम www.musickhabar.com को अनलाइन टिभी musickhabar youtube channel पनि सञ्चालित छ । फेसबुक, टिकटक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । म्यूजिक खबरमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई musickhabar.com@gmail.com मा पठाउनु होला ।