
काठमाडौं । काव्या अधिकारीले किड्स ग्लायम नेपालको उपाधि चुमेकी छिन् । उनले राजधानी काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा भएको विशेष कार्यक्रममा यो उपाधि चुम्न सफल भएकी हुन् । नौ वर्षकी काव्याले मुख्य उपाधिसहित अन्य उपाधि पनि चुम्न सफल भएकी थिइन् । राइजिङ नेपाल क्रियशनले आयोजना गरेको प्रतियोगितामा फष्ट रनरअपमा सुमरिना श्रेष्ठ रहेकी थिइन् ।
प्रतियोगितामा मिष्टर एण्ड मिस टिन ग्लायम नेपालका विजेता पनि घोषित गरिएको थियो । मिसको टिनको उपाधि दिव्या तमाङले चुम्न सफल भइन् भने मिष्टरतर्फ योगेश शर्मा भएकी थिइन् । मिष्टरतर्फ फष्ट रनरअप दिसन राई हुनुभएको थियो भने मिसतर्फ दिप्सना विष्ट । यस्तै अर्गेनाइजर च्वासमा भूमिका राई थिइन् भने ब्राण्ड एम्बेसडर श्रेया तुलाचन रहेकी थिइन् ।
विजेतालाई प्लस टुमासम्म अध्ययनका लागि एक लाखको छात्रावृतिसहित विभिन्न पुरस्कार गिफ्ट ह्यापर र ताज प्रदान गरिएको थियो । प्रतियोगिताका सिइओ सागर मगरका अनुसार प्रतियोगीलाई विभिन्न तालिमसहित अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो । प्रतियोगिताको कोरियोग्राफर अश्रु महर्जनले गरेकी थिइन् ।