काठमाडौं । महिला म्युजिक भिडियो निर्देशनमा एकछत्र राज गर्न सफल बबिता श्रेष्ठ निर्देशित पछिल्लो भिडियो ‘राजै’ सार्वजनिक भएको छ । नेहार बुढाथोकीको शब्द, रेजिना रिमाल र नेहार बुढाथोकीको स्वर समेटिएको ‘राजै’का निर्माता राजेन्द्र पुरी हुन् ।
प्रेमील जोडी बीचको विछोडको कथालाई भिडियोमा देखाइएको छ । भिडियोमा सागर लम्साल ‘बले’, ललना चिमरिया, राजकुमार शाह, आर्यन पुडासैनी, दिपेश श्रेष्ठ आदिको अभिनय रहेको भिडियोको सम्पादन कल्पेश बिश्वक्रर्मा, उत्सव दाहालले खिचेका हुन् ।