कथा
– खड्गमान कटुवाल
पहिले पहिले भन्ने गर्थे बुडापाकाले नेपाल जानु कपाल संगै बर्मा जानु कर्म संगै…। हामीले यो बुझनु पर्छ कि त्यो किन भनिएको हो त ..? भनाइको तातपर्य हामीले हाम्रो इमानदारिता लगन र मेहिनतलाई कहिले पनि फितलो बनाउनु हुदैन । मानिसले आफनो कर्तव्य र कर्म के हो भन्ने कुरा हरपल सोच विचार गरेर अगाडि बड्नु पर्छ । जब कुनै पनि गलत बाटोमा हिड्न थालियो भने उसलाई कुनै बेला पनि आत्मामा शान्ति भएको महशुल हुदैन । जताततै उसले हण्डर र ठक्कर मात्रै खाएको हुन्छ । चाहे उ विद्यार्थी मजदुर वा कुनै ठुलो साइन्टिष्ट नै किन नहोस् सबैले आपआफनो ठाउँमा कर्म गर्नुु नै पर्ने हुन्छ । मानिसका ३ अवस्था मध्ये वाल्यावस्था ख्याल ख्याल मै बित्छ, किशोरास्था रोमान्स र वृद्धा अवस्था चिन्ता र पछुतोमा बिताउदै पिरैपिरमा अन्नत उसको अन्त्य हुन्छ । प्राय जसो विदेशीने नेपालीहरु कोही वाध्यता कोही पढेर पनि नेपालमा रोजगारीको अभाव र मुख्यतः गरिवी नै हामीसबै नेपालीको विदेशीनुको प्रमुख समस्या हुन जान्छ । नेपालमा हुने चाकडीपन र योग्य मान्छेको कदर नहुनु नै हाम्रो देशको प्रमुख बेरोजगारी हुने समस्या हो । त्यसैको परिणाम स्वरुप राम्रौ तहमा नेपालमा पढेर विदेश आएको भए पनि उसको पढाइको कदर नभइकनै अर्काको हेपाइमा नै श्रम गर्न बाध्य हुनु परेको छ ।
परदेशमा आउदाका नयाँ दिनहरुमा परदेशको पैसा संग आफनो देशको पैसाको हिसाव गर्दै साहुबाट लिएको पैसाको व्याजलाई संझिदै दिनहरुलाई कटाइरहेको हुन्छ । दुइचार महिना बितेपछि बल्ल रिन कम हदै जान्छ घरमा बाआमा छोराले कहिले रिन तिरी सक्ला अनि हामीलाई सुखको सास फेराउला भनेर सोचिरहेका हुन्छन् । चार छ महिना पछि त उसले घर परिवार र पैसाको हिसाव गर्ने बानी विस्तारै विस्तारै कम गरेको छुन्छ । यस्तै चपेटामा पर्छ नाम परिवर्तन गुमान सिं । अव त उसले प्रदेशको भाषा पनि सिकि सकेको हुन्छ । उनी संगैका साथिहरु यस्ता पनि थिए खोलापारिका इन्डोनेसियन केटीहरुसित माया पिरती लगाएर जीवनसंगीनी लगायत लालाबाला नानीहरुलाई पनि भुलेर इन्डोनेसियनको माया प्रितिमा फसेर बसेका । गुमान सिं पनि उनीहरुको संगतमा परेर चुम्मा चम्मी गरेर खिचिएको फोटो हेरर मख्ख पर्छ । उ मनमनै सोच्थ्यो मैले पनि यस्तै एउटी केटी पाए मपनि यिनीहरु जस्तै गर्ने थिए । चारपाँच दिन पछि मंगलबारको दिन थियो सेलाङ्गरको दामनसारा स्थित सेक्सन पाँचमा ठुलो रातीको बजार लागीरहेको थियो । तिनै रमझममा भुलेका चार पाँच जाना साथिको साथमा गुमान सिं पनि त्यो बजारमा पुगेको थियो । बजार घुम्ने क्रममा उनको आँखा एक अधबैंसे ४५ बर्षकी इन्डोनेसियन महिला माथि पर्न गयो र उसले आँखा जुधाएर हेरी र्हयो । त्यो महिलाले पनि आँखा जुदाएर हेर पछि त्यही रोकिएर उ परिचय गर्न तर्फ लाग्यो । सोध्ने क्रममा केटी श्रीमान बाट छुट्टिएर अलग बस्दै आएको थाहा पाए पछि उसलाई के खोजछ्स कानो आँखो भने झै भयो । गुमान सिंले मलायु भाषामा तिमिले चाहान्छौ भने म तिमीलाई माया गर्छु भनि दियो । तुरुन्तै त्यो महिलाले पनि गुमानसिं जस्तो केटा पाउने लोभले म चाहान्छु भनेर मोवाइल नं. दिइ हाली त्यस पछि पछि भेटौला भनेर उनीहरु आआफनो होष्टल फर्के । अव त उसको काम नै भएको थियो डिउटी सके पछि होष्टलमा आएर केटीलाई लामो समयसम्म फोनमा कुरा गर्ने र केटीले भने बित्तिक्कै पैसा हाली दिने । होष्टलमा पनि मेरो पनि गर्लफ्रेन्ड छ भनेर सबैले सुन्ने गरि फोनमा कुरा गरेर सबैलाई सुनाउनु यसो गर्दा उ ठुलो भएको ठान्दथ्यो । उसको व्यवहारले सज्जन र इमान्दार साथिहरु पनि दिक्क भइ सकेका थिए ।
पुनः आर्काे दिन त्यो रातीको बजारमा जान्छ र उसलाई त्यो महिला कुरेर बसिरहेकी हुन्छे । उ पुग्नसाथ हात समाएर मलायु ड्रेस भएको पसलमा लान्छे र मलाई एउटा लुगा किनीदेउन भनी आग्रह गर्छे । ४०आर.एमको ड्रेस भए पनि केटी सित आएको देखेर जति भन्दा पनि किन्छ भनेर पसले दाइले पनि त्यसलाई ११० पर्छ भनेर भन्छ । गुमानसिं आफनो पर्समा हेर्छ जम्मा २०० देखे पछि उसलाई किन्न मन त लागेको हुदैन तर केटीको जिद्धिका कारण किन्न पुग्छ । पसलेले पनि १० आर.एम.डिस्काउन्ट गरे जस्तो गरेर १०० आर.एम. मा दिन्छ त्यो मलायु ड्रेस । पसले केटालाई मुर्गा बनाउन पाएकोमा मख्ख भएको हुन्छ भने केटीले गुमानेको गालामा एक किस गरेकोले गुमानेपनि मख्ख भएको हुन्छ । त्यी बेला देखी उसले आफनो घरपरिवार बिर्सिसकेको हुन्छ । पाएको सबै तलब त्यही केटीलाई फोन केटीको चाहनाहरु पुरा गर्दा गर्दाै सकेको हुन्छ । आफामे तलबले नपुगेर साथिहरुबाट सापटी मागेर भएपनि उसका चहानाहरु पुरा गर्न तर्फ लागेको हुन्छ । पहिला पहिला साथिहरुले पैसा सापटि दिएपनि पछि तिर्दा तिर्न नसकेपछि साथिहरुले पनि पैसा सापटि दिन छोडिसकेको हुन्छ । त्यती मात्रै नभएर तिने निकम्मा साथिहरुको संगतले आजभोली त रक्सी पनि पिउन थालेको छ । कहिले काँही त धेरै पिएर डिउटी पनि नगइदिने गरेको छ । सजिलो ठाउँम सेकुरेटी गार्डको डिउटी भएर पनि बेला बेलामा डिउटी नगएको ले अब त उसलाई कम्पनीबाट नै निकाल्ने निर्णय गर्न पुग्छ ।
अन्तमा एकदिन गुमानसिंलाई घर पठाइदिन कम्पनीले टिकट काटेर ल्याइदिएको हुन्छ । तिनबर्ष परदेशमा वस्ता पनि आफनो जिन्दगी लथालिङ्ग बनाएर उ घर फर्कन पर्ने स्थितिमा हुन्छ । २०१३ सेप्टेम्बर ११ मा उ घर जान विहानै तयार हन्छ । विहानै ३ बजे तिर उसलाई लिन कम्पनीको ड्राइभर आएर छिटो तलझर भनेर आग्रह गर्दछ । गुमानसिं एउटा पुरानो झोलामा दुइचार वटा पुराना थोत्रा लुगाहरु हालेर मैलो पुरानो जिन्सको पाइन्ट र पुरानै टिसर्ट लगाएर खुट्टामा लोती चुडिएको चप्पल लगाएर तल झर्छ । उसको गहभरि आँशु हुन्छ सबै साथिहरुलाई एक चोटी फर्केर हातहल्लाएर विदा माग्यो । केही साथिहरुले भन्दै थिए बेलामा वुद्धि नपुगाएर अहिले यस्तो गतिले घर फर्किन परेको छ । त्यती भन्दै ड्राइभरले गाडीलाई गुडाएर विभान स्थल तिर लग्यो । भोली पल्ट नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा आर्लिन्छ । उसको प्रतिक्षामा उसकी श्रीमती र सानो छोरो बाटो हेरेर बसेका हुन्छन् । आफनो पासपोर्ट चेकजाँच गराएपछि उ वाहिर निस्किन्छ । प्रतिक्षामा बसेकी श्रीमतीको छेउमा आएर बेस्सरी रुन्छ सानो छोरोलाइ आफनो छातीका टाँसेर भन्दै थियो मलाई माफ गरि देउ मिना मैले बाटो बिराएको थिए मैले तिमीहरुको लागी केही पनि लिन सकेन । श्रीमती चुपचाप लागेकी हुन्छे उसले एउटा टेक्सी रोकाएर चड्न लगाउछे र एउटा कपडा पसलमा लगेर श्रीमानका लागी एउटा नयाँ सर्ट पाइन्ट फेराइदिन्छे साथै पुरानो चप्पल फेरेर नयाँ जुत्ता पनि किनि दिन्छे । जे जस्तो भएपनि श्रीमती मेहिनेती थिइ गाउँघरमै उसले बाख्रा, कुखुरा र गाईबस्तु पालेर केही पैसा बचत गरेकी थिइ । श्रीमानले पैसा नपठाए देखीनै उसलाइ श्रीमानको सबै कुरा थाहा भइसकेको थियो बेला बेलामा उसका साथिहरुले पनि फोन गरेर मीनालाई बताउने गरेको थियो । उसलाई सबै कुरा थाहा भएकै कारणले पनि उसले श्रीमानलाई लिन राजधानी आउँदा केही रकम बोकेर आएकी थिइ । मीनाले जे जस्तो गरे पनि आफनो श्रीमान हो संगै जिउने र संगै मर्ने कसम खाएर विवाह भएको सम्झछे मीना ।
आफनो श्रीमानलाई विदेशवाट आएको जस्तो बनाएर पुनः टेक्सीका चढाएर एउटा गेष्ट हाउसमा लगी । त्यस दिनको रात उनीहरु त्यही गेष्ट हाउसमा बिताउने निधो गरेर बस्छन् । गुमाने आफुले बोकेको थोत्रो झोलालाई हेरिरह्यो । सबै उसले गरेको गल्ति त्यो झोलामा पायो र बिस्तारै उसले त्यो झोलालाई झयाल खोलेर बाँहिर हुत्याइदियो । अनि प्रण गरयो अव जिन्दगीमा यस्तो गल्ति भुलेर पनि दोहोर्याउने छैन । स्वदेशमा नै बसेर आफनो श्रीमती र बच्चा संगै बसेर केही इलमको काम गर्ने छु । अन्त्यमा उसका आँखाबाट पश्चातापको आँशु बग्छ । श्रीमतीले आँशु पुछ्दै भन्छे जे भयो अब सबै कुरा विर्सिदेउ अब हामी नयाँ जिवनको सुरुवात गर्नु पर्छ है…. यति भनेर बत्ति निभाइ दिन्छे ।
विराटनगर १६ मोरङ्ग
हाल ः मलेसिया केलाङ्ग