• मौलिक लोक भाका सजिएको गीत ‘साईंली रिमै’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २८ माघ २०८०, आईतवार
    Nabin Pariyar_YagyaBK_Samarika Dhakal

    काठमाडौं । पछिल्लो समय लोक गीत संगीतको क्षेत्रमा मौलीकताको खडेरी पर्दै गएको बेलामा मौलिक लोक भाका समावेश भएको गीत ‘साईंली रिमै’ सार्वजनिक भएको छ ।
    शिब हमालको शब्द रचना रहेको गीतमा गायक यज्ञ बिक र गायिका मनिता पुन मगरको स्वर सुन्न सकिन्छ । त्यस्तै नबिन परियारको मौलिक लय सिर्जना रहेको गीतलाई कृष्ण बिक ‘भाञ्जा’ ले एरेन्ज गरेका हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ भने श्यामश्वेत रसाइलीले गरेका हुन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट गोविन्द अनेक र कमल सिन्जाली हुन् ।

    जेरि भण्डारीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा स्मारिका ढकाल, यज्ञ बिक, आयुष्मा कार्की नविन परियारले अभिनय गरेका छन् । नृत्य निर्देशन समेत जेरि भण्डारीले नै गरेका हुन् भने सहनृत्य निर्देशन अमर रावल ‘कोशिश’ ले गरेका हुन् । करण चैसिरको टिमले छायांकन गरेको भियिोलाई सुजन कोइरालाले सम्पादन र कलरिङ गरेका हुन् । उक्त म्युजिक भिडियोलाई गायक यज्ञ विकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु