• गजल गीत ‘नजरका इशारा’मा कमलको स्वर, भिडियोमा राज र हेना

    म्यूजिक खबर
    प्रकाशित: ८ आश्विन २०८१, मंगलवार

    गजल गीत ‘नजरका इशारा’ सार्वजनिक, राज र हेनाको सुन्दर अभिनय
    काठमाडौं। गजल गीत ‘नजरका इशारा’ भिडियो सहित सार्वजनिक भएको छ । यस गीतमा शब्द रचना किरण रिजाल रहेको छ भने स्वर कमल बिस्ट र सङ्गीत शशि विक्रम थापाको रहेको छ । गायक बिस्ट ‘भ्वाइस अफ नेपाल’ सिजन २ का प्रतिस्पर्धी पनि रहेका थिए ।

    गीतमा युवा-युवतीबीच अनायास उत्पन्न हुने प्रेम र त्यसले ल्याउने पीडालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा एक होटेलमा काम गर्ने युवकले त्यहीँ बस्न आएकी ग्राहकलाई मन पराउँछ, तर गलतफहमीकै कारण उनी मानसिक पीडामा फस्छन् । यो भावनात्मक कथा राज पौडेल र हेना नगरकोटीको अभिनयद्वारा जीवन्त भएको छ, जसको निर्देशन नारायण मगरले गरेका छन् ।

    यस भिडियोका सिनेमेटोग्राफर ज्ञानेन्द्र शर्मा हुमागाईँ हुन् भने सम्पादक तथा रङ्ग संयोजक भीम विश्वकर्मा हुन् । भिडियो उत्पादन तथा वितरण रे अफ आर्ट्सले गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु