• म्युजिक भिडियोमा गाउँकी छोरीको जीवनशैली र जीवनको सरलताको चित्रण

    म्यूजिक खबर
    प्रकाशित: ६ कार्तिक २०८१, मंगलवार

    काठमाडौं। नयाँ म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ। यो गीतको शब्द तथा भिडियोमा गाउँकी छोरीको जीवनशैली र परम्परागत पहिरनलाई प्रस्तुत गरिएको छ। यस गीतमा स्वर गायिका रिज्योना कार्कीले दिएकी छिन् भने शब्द शङ्कर अधिकारी घायलले लेखेका हुन्। सङ्गीत लक्ष्मण पोखरेलको रहेको छ भने सङ्गीत संयोजन अशोक थापाले गरेका छन्।

    हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा अञ्जना तामाङको अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन र कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। छायाङ्कन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन तथा रङ्ग संयोजन मनोज कार्कीको रहेको छ।

    यस गीतले गाउँले जीवनको सरलता र प्रेमलाई विशेष रूपमा चित्रण गरेको छ। आमाको जस्तो बुलाकी र पान बुट्टे सारी जस्ता सांस्कृतिक पहिरनको आकाङ्क्षा गीतमा व्यक्त गरिएको छ। म्युजिक भिडियो हाइटेक इन्टरटेन्मेन्ट र चोकस म्युजिकको सहकार्यमा निर्माण गरिएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु