• दुईपटक क्यान्सर जितेकी कोपिला मिसेस नेपाल वल्र्डमा प्रतिस्पर्धा गर्दै

    म्यूजिक खबर
    प्रकाशित: ९ कार्तिक २०८१, शुक्रबार

    काठमाडौं । दुइदुई पटकको क्यान्सर रोगसँग लड्दालड्दै पनि जीवनमा उर्जा बटुल्ने आँट र अरुका लागि नमूना बन्दैछिन् गायिका कोपिला गौतम । गायिका गौतम अहिले क्यान्सरको उपचारकै क्रममा छन् । क्यान्सरलाई जित्दै गर्दा उनी मिसेस नेपाल वल्र्डको प्रतिस्पर्धा गरिरहेकी छिन् । रिवन इन्टरटेन्टमेन्टको आयोजनमा भइरहेको ‘मिसेस नेपाल वल्र्ड २०२४’ को अन्तिम प्रतिस्पर्धा कार्तिक १० गते प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । जसमा २९ जना फाइनल प्रतियोगीले मिसेस नेपाल वल्र्डको ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।

    चौथो स्टेजको ओभरियन क्यान्सर सरर्भाईबरको लडाँई लड्दा लड्र्दै ३ बर्षमा ब्रेस्ट क्यान्सर दोहोरियो । बंशाणुगत क्यार्सिनोमा क्यान्सर दोहोरिएपछि उपचारको क्रममा उनले भारतको नयाँ दिल्लीजानु प¥यो । नयाँ दिल्लीको राजिवगान्धी क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा ६ महिनाको उपचारपछि गत अगष्टमा उनी नेपाल फर्किएकी थिईन । अहिले नेपाल क्यान्सर हस्पिटलमा फलो अपमा छिन । दोश्रो पटक उनी ब्रेस्ट क्यान्सरको लडाँईको यात्रा गरिरहेकी छिन् । नियतिले उनको जीवनमा परिक्षामाथि परिक्षा थपिरहेको छ । उनी भन्छिन,“रोग र परिस्थितिले मलाई थप बलियो बनाएको महसुस गरेकी छु ।”

    केमो सकिएको दोश्रो हप्तामा मिसेस नेपालको प्रतिस्पर्धा शुरु भयो । उनको मनमा प्रतिस्पर्धालाई लिएर धेरै प्रश्नहरु नउब्जिएका होईनन् । मिसेस नेपालमा आफनो सहभागिताको विषयलाई लिएर सकारात्मक नकारात्मक टिप्पणीहरुको बारेमा । बिरामी मान्छे शारिरिक रुपमा प्रतिस्पर्धा गर्न सकिन्छ की सकिंदैन भनेर । अन्त्यमा सबै स्वीकार गरेर प्रतिस्पर्धामा जाने हिम्मत उनले गरिन । जुन सामान्य मानिसहरुका लागि सहज थिएन ।
    “क्यान्सर पछि पनि जिन्दगी छ ” भन्ने सन्देश दिन यो मन्च रोजेकी हु्ँ, उनी भन्छिन । यस प्रतियोगितामा आफनो उपस्थितिले क्यान्सरसँग लडिरहेको सबैलाई आत्मबल बढने र समाजले क्यान्सर विरामीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनेमा विश्वस्त भएर उनी उभिएकी छिन् ।

    उनले जीवनमा अर्को एउटा चुनौतिपूर्ण अवसरको सामना गरिन । विदेशमा रहेका लाखौं नेपालीहरुको दुःखसुखको पक्षमा श्रम आपवासनको चुनौतिपूर्ण बिटमा पत्रकारिता गरिन । जसले उनलाई सिङगै नेपाल र नेपालीको रोजगार, रेमिटयान्स एवं अर्थतन्त्र र अन्तर्राष्ट्र सम्बन्ध र श्रम आपवासनको जानफकारसम्म बनायो । “सुरक्षित आप्रवासनका विषयमा पनि यस मन्चबाट आवाज उठाउनेछु ।” उनले थपिन ।
    गौतम यसअघि सन् २००२ को इन्टर कलेज मिस्टर एण्ड मिस ट्यालेन्ट प्रतियोगिताको पथम उपाधि विजेता हुन । लोक तथा दोहोरी गायनमा रुची राख्ने गौतमले दर्जनौ गीत बजारमा ल्याएकी छिन ।
    उनको जीवन यात्राको मुल मन्त्र भने आत्मबिश्वास आत्म बल नै हो । मिसेस नेपालको सहभागितालाई उनी चुनौती र अवसरको रुपमा लिएको बताउछिन । जित्छु जस्तो लागेको छ त ? भन्ने प्रस्नमा उनीले भन्छिन, “मेरो यो मन्चमा उपिस्थति र फाइलन सम्मको यात्रा पनि एक प्रकारको जीत नै मानिसकेकी छु । सफल भईन्छ भनेर मेहेनत गर्छु, हार र जित त जीवनको एक सिक्को दुई पाटो हो । स्वीकार्नु पर्दछ ।”

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु