• सर्वसुलभ मूल्यमै स्टाइलिस फेसनका लागि ‘सुटमाला’

    म्यूजिक खबर
    प्रकाशित: ९ कार्तिक २०८१, शुक्रबार
    Raj Karki

    सबिता पोखरेल
    बजार घुम्ने हो भने जहाँ पनि सटिङ सुटिङ अथवा टेलरिङ भेटिन्छ । प्रत्येक घरका एक सटरमा टेलरिङ छ भन्यो भने फरक नपर्ला । एउटा स्विङ मेशिन राखेर ‘फलानो टेलरिङ’ लेखेर झुन्डिएका बोर्ड कति देखिन्छ कति । देखिएका जुनसुकै टेलरिङमा छि¥यो, कपडाको फिनिसिङ नपाइने, अलि राम्रै भनेको ठाउँमा बजेटले नभ्याउने । अहिले आम मानिसको भोगाई हो यो । तर यही भीडमा पनि एउटा यस्तो ब्राण्ड छ जसले सबै वर्गका ग्राहकहरुको चाहना पूरा गर्दै आएको छ । उक्त ब्राण्डको नाम हो ‘सुटमाला’ । सुटमालालाई चिनाउने अर्को नाम हो ‘राज कार्की’ ।
    आकर्षक व्यक्तित्व भएका कार्की सानैदेखि सुटको पारखी थिए । औपचारिक रुपमा आफ्नो अध्ययन पूरा गरेपछि उनले यो व्यवसाय शुरु गरेका हुन् । अध्ययन पश्चात अब के गर्ने ? कुन पेशा ठीक भनेर धेरै सोचे । उनको मनमा दुईवटा सोच आयो । ‘खाद्यान्न व्यवसाय’ र ‘फेसन व्यवसाय’ मध्ये के गर्ने भनेर अलमलमा परे । आफू पनि फेसनको पारखी भएकाले फेसन सम्बन्धी व्यवसाय गर्ने मनस्थितिमा पुगे । २०७५ सालमा श्रीराज कलेक्सन नामको टेलरिङ स्थापना गरे । २०७७ मा उनले बागबजारमा सुटमालाको स्थापना गर्दै आफ्नो व्यवसायलाई अझ विस्तार गर्दै लगे । सुटमालाले मूल्य र गुणस्तरमा ध्यान दिएर ग्राहकहरुलाई सेवा दिदैं आएको छ ।
    ‘सुटमाला’ले ग्राहकको चाहनालाई बुझेर स्तरीय शर्टिङ, सुटिङ तथा टेलरिङ्ग सेवा दिँदै आएको छ । सर्वसुलभ र स्तरीय पहिरन नै ‘सुटमाला’को पहिलो विशेषता हो । गुणस्तरमा सम्झौता नगर्ने भएकोले ‘सुटमाला’ ले ग्राहकहरुको बिश्वास जितिरहेको छ । यहाँ दक्ष कालिगड पनि छन् । टेलरिङमा चाहिने सबै औजार नयाँ प्रविधिका छन्  । त्यसले समय र खर्चमा पनि सजिलो भएको छ । कपडा सिलाइमा फिनिसिङ पनि ल्याउन सकिएको छ । प्रोपाइटर कार्कीले भने –‘ग्राहकलाई उनीहरुले रोजेजस्तो कपडा सिलाएर दिन पाउँदा आफूलाई पनि खुसी लाग्छ ।’ निरन्तर आत्मबल र आत्मविश्वास कायम राखेपछि अहिले उनी यस्तो अवस्थामा पुगेका हुन् ।
    यतिबेला सुटमाला’ कलाकारहरुको समेत रोजाइमा पर्दै आएको । आवाजका दुनियाँका साथी दिनेश डिसी, लोकप्रिय गायक आनन्द कार्की, अभिनेता गजित विष्ट, पत्रकार ऋषि धमालादेखि टेलिसिरियल ‘सक्किगोनी’ का सबै कलाकारसम्मले यहाँ सिलाएका लुगा लगाइसकेका छन् । यस्ता चर्चित कलाकारहरु धेरैले सुटमालाको ब्राण्ड प्रयोग गरिसकेका छन् ।

    फेसन स्थायी रुपले रहँदैन । प्रत्येक ऋतु परिवर्तन भएसँगै फेसन पनि नयाँ नयाँ आउँछ । त्यसैले सुटमालामा बिशेष यो तयार गरिन्छ भन्ने छैन । विश्व बजारमा देखिएका सबै डिजाइन तयार गरिन्छ । ग्राहकहरुले चाहेको जस्तो सिलाइन्छ । व्यक्तित्व अनुसार सुहाउँदो फेसनका लागि सल्लाह समेत दिइन्छ । प्रोप्राइटर राज सुनाउँछन्– कतिपयलाई महंगो पो हुन्छकी भन्ने भान हुँदो रहेछ । तर यहाँ आफ्नो बजेटअुनसार नै ड्रेस तयार पार्न सकिन्छ । कम रकम हुनेहरूका लागि पनि त्यही अनुसारको ड्रेस बनाउन सकिन्छ । अझ हामीले केहि समय ‘सुट एक्सचेन्ज’ अफर नै ल्यायौं । एक हजार बढी ग्राहकहरुले आफ्नो पुराना सुट ल्याएर नयाँ सुट लानु भयो । उनले अझै भने –‘यहाँ आफूलाई राम्रो लाग्ने डिजाइनका कपडा मिडियम रेन्जमै तयार गर्न सकिन्छ । सर्वसुलभ मूल्यमै स्टाइलिस फेसन तयार हुन्छ । महँगो लगाउँदैमा राम्रो देखिन्छ भन्ने विश्वास म गर्दिनँ । ठिक्क रेन्जका डिजाइन पनि हामी बनाउँछौँ । कलर कम्बिनेसन र फिनिसिङले ठिक्क रेन्जको कपडामा पनि मानिस स्मार्ट देखिन सक्छ ।’
    सुटमाला बागबजारको केएमसी कलेज अगाडि रहेको छ । टेलरिङ सीप मूलक पेशा भएकाले उनी सुटमालालाई विद्यालय नै भन्न रुचाउँछन् । फेसन डिजाइनको दुनियाँमा सुटमालालाई वर्कसप अर्थात लाइबेरीका रुपमा चिनाउने प्रोपाइटर कार्कीको सपना रहेको छ ।
    उनले व्यवसायीहरुको हकहितका लागि स्थापित नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा रहेर अध्यक्षको नेतृत्व पनि सम्हालिसकेका छन् । त्यस्तै व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिवसमेत रहेर कार्यअनुभव सम्हालेका छन् । अहिले उनी संघसंस्था भन्दा पनि आफ्नो व्यवसायलाई महत्व दिएर सुटमालाकै बजार विस्तारमा व्यस्त छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु