• कर्णालीको पीडा, संघर्ष, र आशा समेटिएको गीत ‘जदौ हजुर’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १० माघ २०८१, बिहीबार

    काठमाडौं । गाउँ छोड्नेको लर्को, हिरुलाल जस्ता सिर्जनाका सर्जक रतन देवकोटाले नया सिर्जना लिएर आएका छन् । ‘जदौ हजुर’ बोलको गीत मार्फत आएका देवकोटाले कर्णालीको दुखलाई भिन्न तरिकाले प्रस्तुत गरेका छन् ।

    कर्णालीको प्रतिनिधित्व गर्ने लय शब्द र पीडा सङै लाईभ म्युजिक र मोडर्न इन्स्ट्रुमेन्टसङ फ्युजन गरि तयार गरेको यो गीतले दर्शककोमन जित्नेमा देवकोटा आशावादी देखिछन् ।

    गीतको शब्द सङीत स्वर सङै भिडियो कन्सेप्ट र निर्देशन देवकोटा स्वयमले गरेका छन् । सौरभ लामिछनेको डिओपी रहेको भिडियोको सम्पादन र सिनेम्याटोग्राफी सुशील खनालले सम्हालेका छन् ।

    गीतबारे रतन भन्छन,”कर्णालीको पीडा, संघर्ष, र आशालाई हुड्केको भाकामा पस्किएको गीत, जहाँ भोक, विभेद, र बसाइँसराइका कथा गुँथिएका छन्। यो गीत न्याय, एकता, र परिवर्तनको लागि कर्णालीको मौन पुकार हो।”

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु