• राजेशपायलको सायरेम सेकुवाघर, रेकर्डिङ स्टुडियोको महानायक राजेश हमालले गरे उद्घाटन

    म्यूजिक खबर
    प्रकाशित: २२ माघ २०८१, मंगलवार

    काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईले संचालनमा ल्याएको सायरेम सेकुवा घर, सायरेम स्टुडियो, सायरेम पुल एण्ड स्नुकर र सायरेम सुटिङ स्टुडियोको उद्घाटन महानायक राजेश हमालको हाताबट गरिएको छ । कुनै समय गायनसँगै रेष्टुरेण्ट व्यवसायी देखिएका गायक राजेशपायलले अनामनगर रुद्रमती पुलनजिकै सेकुवा घरसँगै मल्टि रुपमा व्यावसाय व्यवसायी सुरु गरेका छन् ।

    राई इज किङका नामले चर्चित रहेका राजेश पायल राईले ‘मनोरञ्जन तथा स्पोर्ट जोन’ बनाउने उद्देश्यले तयारी गरिएको उक्त सेकुवा घर, स्टुडियो र स्नुकर हाउसलगायतको सोमबार बसन्त पञ्चमी (सरस्वती पुजा)को अवसरमा नेपाली फिल्म क्षेत्रका ‘महानायक’ राजेश हमाल र राजेशपायल सयंमले उद्घाटन गरेका छन् ।

    चर्चित गायक राजेशपायलको व्यवसायी सायरेम सेकुवा हाउस र स्टुडियोको उद्घाटन गरेपछि अभिनेता हमालले राजेशपायलसँग पहिलो भेटको स्मरण गरेका थिए । राजेशपायलसँग कुनै एक कार्यक्रममा पहिलो पटक भेट भएदेखि नै आफूहरु नजिक भएको बताउँदै अभिनेता हमालले भने, ‘आज राजेशपायलको रेष्टुरेण्ट र स्टुडियो उद्घाटन गर्न पाउँदा अत्यन्त खुसी छु । म उहाँलाई गायनमा जस्तै व्यवसायी सफलताको शुभकामना दिन चाहन्छु ।’


    उनले राजेशपायललाई बधाई दिँदै भने, ‘मलाई लाग्छ, उहाँ गायनमा जस्तै व्यवसायी पनि अवश्य सफल हुनेछन् ।’ आफू पनि नन्भेज भएकाले बाटो पर्दा सेकवा खान आउने अभिनेता हमालले प्रतिवद्धता जनाए । पत्रकारहरुको एक प्रश्नमा भने, ‘अवश्य पनि आउने छु । म पनि ननभेज नै हुँ । अब त यसो बोटो प¥यो भने पनि सायरेम सेकुवा घरमा निस्केर जानेछु ।’

    स्मरणीय कुरा, अभिनेता राजेश हमाल र नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल ‘मितज्यू’का रुपमा समेत चिनिन्छन् । सोही कारण पनि राजेशपायलले ‘मितज्यू’लाई आफ्नो व्यवसायी उद्घाटनको समारोहको प्रमुख अतिथि बनाउन भ्याए ।

    राजेशपायलले व्यापार गरेर पैसा कमाउनु भन्दा पनि साथीभाइ भेटघाट गर्ने एउटा ‘जक्शन’ बनाउने उद्देश्यले सेकुवा घर, स्नुकरलगायत सञ्चालनमा ल्याएको बताए । उनले भने, ‘यसलाई एउटा स्पोर्ट तथा मनोरञ्जन जोन बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको हुँ ।’ राजेशपायलले भनेजस्तै सायरेम गु्रपमा स्टुडियोदेखि स्नुकर र क्यारेमबोर्डसम्म उपलब्ध रहेको छ ।

    जहाँ, धराने बंगुरको सेकुवा त पाइने नै भयो, त्यसबाहेक गीत रेकर्डिङ, म्युजिक भिडियो छायाँकनका लागि स्टुडियो, पुल र स्नुकर, टेवल टेनिस र क्यारेमबोर्डसमेत रहेको छ । ‘सायरेम स्टुडियो पुगेपछि मनोरञ्जनको कुनै अभाव नहोस् भन्ने ध्येयले यो क्लव सञ्चालनमा ल्याइएको हो’, राजेशपायलले भने, ‘साथै, यहाँ एक दर्जनले रोजगारी समेत पाएका छन् ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु