• ‘फूलको रङ्ग’मा श्याम र मिराको स्वर, प्रभात र उषाको रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार

    काठमाडौं । नेपाल सरकारका अधिकृत समेत रहेका गायक श्याम राउतको कर्णप्रिय गीत सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार प्रेमी गीतमा गायक श्यामलाई स्वरमा गायिका मिरा राउतले साथ दिएकी छन् । लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द गीतकार दयाराम पाण्डेले कोरेका हुन् । गीतमा एरेन्ज महाराज थापाको रहेको छ । एउटा प्रेमीले प्रेमीको सौन्दर्यको बर्णन गरेको गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र उषा उप्रेती फिचर्ड छन् । प्रभात र उषालाई रोमान्टिक जोडीको रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।

    भिडियोको निर्देशन विक्रम स्वारले गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा प्रविन भट्टले निर्देशन गरेका हुन् । गायक श्याम राउत नेपाल सरकारका निजामती सेवाका अधिकृत हुन् । उनले भारतको इलाहाबादबाट क्लासिकल संगीत सिकेका छन् । गायिका मिराले पनि इलाहाबादबाट क्लासिकल संगीत सिकेकी हुन् ।
    धेरै पहिले देखिन आफ्नो स्वरमा गीत ल्याउन चाहना हुदाहुदै पनि कामको ब्यस्तातले गर्दा अहिले भर्खर त्यो संयोग जुरेको गायक राउतले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु