• ‘नाटक नपार’ भन्दै आए शंकर, नित्या र राज (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १९ फाल्गुन २०८१, सोमबार

    काठमाडौं । गायिका नित्याशिवा र राज निरौलाको स्वरमा ‘नाटक नपार’ बोलको गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी ‘घायल’ को शब्द रहेको गीतलाई बाबुल गिरीले संगीत तथा संगीत संयोजन गरेका छन् ।

    गीतकार शंकर अधिकारी ‘घायल’ ले नै निर्देशन गरेको गीतको भिडियोमा सरोज प्रजा र ज्योति खडकाको अभिनय तथा नृत्य रहेको छ । राजन महर्जन र दिलिप राईको कोरियोग्राफी रहेको भिडियोलाई चक्र बहादुर बरालले छायांकन गरेका हुन् भने राजेश कुमारले सम्पादन गरेका हुन् ।

    मायामा नाटक गर्नु हुन्न भन्ने मुल आसय बोकेको गीतको भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु