• अनिलको शब्द, संगीत र स्वरमा ‘तिम्रै सम्झना छ’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १२ चैत्र २०८१, बुधबार

    गायक अनिल रिजालको नयाँ गीत ‘तिम्रै सम्झना छ’ सार्वजनिक भएको छ। उक्त गीतमा गायक रिजाल कै शब्द रहेको छ भने कम्पोजिसन पनि उनकै रहेको छ। भोकलमा अनिल सँगै सन्दर्भ ब्याण्ड र अनिता जिम्बाको आवाज रहेको छ । राज महर्जनको मिक्सिङ्ग मास्टरिङ्ग रहेको गीतमा सोफिया गहतराजलाई फिचर गरिएको छ ।

    “मैले यो गीतमा आफ्नो हृदयको गहिराइबाट प्रेमको भावनालाई व्यक्त गर्ने प्रयास गरेको छु, र मलाई आशा छ कि यसले श्रोताहरूलाई आफ्नो प्रियजनको याद दिलाउनेछ,” अनिल रिजाल भन्छन् ।

    मार्सल फोटोग्राफ्सले भिडियो छायाङ्कन सम्पादन र निर्देशन गरेको हो भने गीतलाई प्रमोसन गर्ने जिम्मा म्युजिकली नेपालले गरेको छ । यस अघि अनिलले `अपरिचित´ बोलको भिडियो बजारमा ल्याएका थिए । भिडियोलाई दर्शकले अत्याधिक रुचाएका थिए । यस पटकको भिडियोलाई पनि दर्शकले माया गर्नेमा गायक रिजाल आशावादी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु