
काठमाडौं । नवौं नेशनल क्यापिटल अवार्डमा गायिका रेश्मा तामाङ सर्वोत्कृष्ट लोकदोहोरी गायिका घोषित भइन् भने गायिका सन्जु न्यौपानेलाई राष्ट्रिय गायन सम्मानबाट सम्मानित गरिएको छ । क्यापिटल इन्टरटेनमेन्टको आयोजना एवं शुभकामना मिडिया सोलुसनको इभेन्ट म्यानेजमेन्टमा भएको नवौं नेशनल क्यापिटल अवार्डमा गायिका तामाङ उत्कृष्ट गायिका बन्न सफल भएकी हुन् । ङोल्योसलाई नदेख्दा लोकदोहोरी गीतबाट उनलाई उत्कृष्ट गायिकाको अवार्ड प्राप्त भएको हो । गायिका तामाङ विगत १२ वर्षदेखि गीतसंगीतको क्षेत्रमा क्रियाशील छन् । उनको स्वरमा दर्जनौं गीतहरु सार्वजनिक भएका छन् ।
त्यस्तै गायिका सन्जु न्यौपानेलाई गायन क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै राष्ट्रिय गायन सम्मानबाट सम्मानित गरिएको हो । गायिका न्यौपाने पनि करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा निरन्तर क्रियाशील रहेकी छन् ।
२०८२ बैशाख ४ गते नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना भएको अवार्डमा गायिका तामाङ सहित विभिन्न ३२ विधाका कलाकार तथा सर्जकले अवार्ड चुम्न सफल भएका थिए ।
सोही कार्यक्रममा एक दर्जन स्रष्टा कलाकार, व्यवसायीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा गायिका अन्जु पन्त, गायिका सन्जु न्यौपाने, मोडल झरना रिसाल, साउन्ड रेकर्डिष्ट भोला पौडेल, गीतकार सामना शाह, गायिका प्रतिमा केसी लगायत रहेका छन् ।
३२ विधामा आयोजना भएको अवार्ड कार्यक्रममा उत्कृष्ट म्यूजिक भिडियो मोडल कल्चरल गीत सजिना लामिछाने (परदेशी भुलगयो), उत्कृष्ट लोकआधुनिक गायन पुजन काफ्ले (चुपचाप), उत्कृष्ट गायन शैली सुमी पराजूली (माया गर्ने तरीका), उत्कृष्ट म्यूजिक भिडियो निर्देशन पपआधुनिक राजेन्द्र लुँईटेल ‘राज’ (माया मा¥यौं), जुरी अवार्ड गायिका तृप्ती खड्का गुरुङ (तिम्रै झ–झल्को), उत्कृष्ट राष्ट्रिय गीत मातृका भण्डारी ‘मुना’ (नेपाली हौं हामी), उत्कृष्ट आधुनिक गीतकार प्रतिमा गुरुङ (मेरा आमा बाबा), उत्कृष्ट बर्ष मोडल महिला मिस पवी (ए होर माया), उत्कृष्ट बर्ष मोडल पुरुष विमल अधिकारी (ए होर माया), उत्कृष्ट बर्ष गायन हिमाल सागर (ए होर माया) गीतबाट अवार्ड चुम्न सफल भएका थिए ।
त्यस्तै पप गीततर्फ बेष्ट र्याप अफ दइयर गायन अवार्ड सुदीप भण्डारी ‘जीबब’ (आमा), उत्कृष्ट पप गायिका चाँदनी शाक्य (तिमीलाई), वेष्ट पप गायक प्रेजोल नेपाली (मतिना), उत्कृष्ट युगल गायन अवार्ड आश्रा कुँवर र नितेसजंग कुँवर (इतिहास तिम्रो मेरो)ले अवार्ड चुमेका थिए ।
त्यस्तै उत्कृष्ट प्रतिभा अवार्ड परितोषिका पन्त (धेरै माया), उत्कृष्ट लोकदोहोरी मोडल अवार्ड जुना कार्की, उत्कृष्ट लोकगायन सुजता केसी (आलु तामा), उत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक पप केशवराज भट्ट, म्यूजिक भिडियो निर्देशक अफ दि इयर देवेन्द्र पाण्डे (जुनेली), उत्कृष्ट गीत रेकर्डिष्ट मनोज परियार, उत्कृष्ट गीत अवार्ड कुमार मिश्र, उत्कृष्ट मोटिभेसन अवार्ड यादव गिरी, उत्कृष्ट लिट्टेचर अवार्ड भिष्मराज फूलाराले अवार्ड चुम्न सफल भएका थिए ।