• विपिन आचार्यको शब्द संगीतमा माण्डवी र मधुसुधनको स्वरमा ‘तारा मागे तारा दिउँला…’

    म्यूजिक खबर
    प्रकाशित: १८ बैशाख २०८२, बिहीबार

    काठमाडौं । गीतसंगीतलाई कर्मथलो बनाउँदै आएका गायक मधुसुधन ओली र चर्चित गायिका माण्डबी त्रिपाठीको स्वरमा रहेको लोकाधुनिक गीत ‘तारा मागे तारा दिउँला, जून मागे जून’ बजारमा आइसकेको छ । लोकप्रिय संगीतकार बिपिन आचार्यको शब्द, संगीत र एरेन्ज रहेको ‘तारा मागे तारा दिउँला, जून मागे जून’ गीत गायक वलीको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    ‘तारा मागे तारा दिउँला, जून मागे जून’ गीतको म्युजिक भिडियोमा लोकप्रिय मोडल उषा उप्रेती र गायक वलीले अभिनय गरेका छन् । गीतको भिडियोलाई संगीतकार बिपिन आचार्यले निर्देशन गरेका छन् । भिडियोमा गोविन्दकुमार ओलीको समेत अभिनय रहेको यो गीतको छायांकन बिजय रुम्बाले गरेका हुन् ।

    गीत लोकलयमा भएको कारण छोटो समयमै दर्शक श्रोताको मन जित्न सफल भएको छ । यो गीतको भिडियो पनि उत्कृष्ट बनेको गायक वलीले दाबी गरेका छन् । सानैदेखी गीत संगीतमा रुचि भएका मधुसुधनका चारओटा गीतहरु काठमाडौको सामाखुसी स्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भैसकेका छन भने तीनवटा गीतको म्युजिक भिडियो पनि बनिसकेको छ ।
    सबै गीतको म्युजिक भिडियो विपिन आचार्यले नै निर्देशन गरेका छन् भने गायक मधुसुधन ओलीलाई चर्चित गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु