• सरलाको शब्द, लक्ष्मणको संगीत र एलिनाको स्वरमा ‘दुखें धेरै दुख्न पुग्यो’

    म्यूजिक खबर
    प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

    काठमाडौं । गायिका एलिना चौहानको मार्मिक गीत ‘दुखें धेरै दुख्न पुग्यो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गीतकार तथा समाजसेवी सरला श्रेष्ठको शब्द रचना लोकप्रिय संगीतकार लक्ष्मण पोखरेलको संगीतमा चर्चित गायिका एलिना चौहानले गाएको यस गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो ।

    गीतमा एलिनाको वास्तविक जीवनसँग मेल खाने जस्तो भएको छ । म्युजिक भिडियो एकदमै राम्रो बनेको छ । म्युजिक भिडियोमा स्मारिका ढकाल र सुरेश कोइलको एकदम दमदार अभिनय देख्न सकिन्छ भने उत्सव दाहालको छायाँकन, मीन रावलको सम्पादन र कृष्णदेव रुपाखेतीको निर्देशन रहेको छ ।

    भिडियो सार्वजनिकपछि गीतकार सरला श्रेष्ठले गीतको भावअनुसारको म्युजिक भिडियो निर्माण गर्न सफल भएकोमा निर्देशक रुपाखेतीलाई धेरै धेरै बधाई तथा शुभकामना दिएकी छन् । म्युजिक भिडियो गीतकार सल्लाह श्रेष्ठको आफ्नै युट्युब च्यानल एसएस क्रिएसनमार्फत ल्याएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु