• आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड सम्पन्न, हेमन्त र सिमा उत्कृष्ट लोकदोहोरी गायक–गायिका

    म्यूजिक खबर
    प्रकाशित: २२ बैशाख २०८२, सोमबार

    काठमाडौं । आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) –२०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रममा बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले सभापतित्व गरेका थिए ।

    कार्यक्रममा पहिलो नेपाली कलर सिनेमाकी नायिका चैत्यदेवी सिंह, हास्य साम्राज्ञी तथा नेपालको पहिलो चलचित्र आमाकी अभिनेत्री बसुन्धरा भुसाल, वरिष्ठ गायिका देवीका बन्दना, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ, डा। सुभाष घिमिरे लगायतका चलचित्र, गीत संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा मन्त्री शाही ठकुरीले यस्ता कार्यक्रमहरुले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशिल ब्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा यस वर्षको संगीत रजत सम्मानबाट वरिष्ठ संगीतकार सुरेश अधिकारी सम्मानित हुनु भएको छ भने संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार करिष्मा केसीलाइ प्रदान गरिएको थियो । त्यस्तै पिम नेपाल विशिष्ट चलचित्रकर्मी सम्मान विशिष्ठ कलाकार उत्तम केसी, पिम नेपाल टेलिभिजन संचारकर्र्मी सम्मान चर्चित संचारकमी राज श्रेष्ठ, पिम नेपाल डायस्पोरा सम्मान संगीतकार केशव पौडेल, पिम नेपाल युवा प्रतिभा सम्मान गीतकाररपर्वतारोही पुरुषोत्तम सानु, युवा उद्यमी सम्मान सुरेश कार्की र लोक गायक शुशिल ज्ञवाली तथा गायिका अनिता कुँवरलाई सम्मानित गरिएको थियो ।

    “नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नारा लिएर विगत ८ वर्षदेखि आयोजना हुँदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ । सम्पुर्ण भाषाभाषिका कलाकारहरुलाई प्रतिष्पर्धा भन्दा पनि सामुहिक मञ्च प्रदान गरेर आत्मियता भाईचारा र एकताको सदेश प्रवाह गर्ने उद्देश्य लिएको आयोजक पिम नेपालका अध्यक्ष माधव राज खरेलले जानकारी दिनु भयो । विगत ८ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप विभिन्न विधाहरुमा अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।’ अध्यक्ष खरेलले बताउनुभयो । नेपाली सहित अन्य ७ वटा भाषा र भाका सहितका कुल ४० विधामा ५३ जनालाई अवार्ड प्रदान गरिएको थियो ।

    कार्यक्रममा चलचित्र विकास बोर्ड, साँफेबगर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, ओम समाज डेन्टल हस्पिटल, टोखा नगरपालिका, केईसी ईन्जिनियरिङ कन्सल्टेन्सी धनगढी, राष्ट्रिय बाणिज्य बैंक, स्मार्ट सर्भिस ईन, आईआईफटी, सिटि सेन्टर फुर्डकोर्ड, एभेन्टोज लगायतले सहयोग गरेका थिए । निम अवार्डको काष्टमण्डप टेलिभिजन, जि टिभि नेपाल, लगायत विभिन्न युटुव च्यानलहरुबाट तथा अनलाईमार्फत प्रत्यक्ष प्रशासण गरिएको थियो ।

    चर्चित संगीतकार सन्तोष श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्णायक समितिमा सदस्यको रुपमा बरिष्ठ संगीतकार जुगल डंगोल, बरिष्ठ सञ्चारकर्मी तथा भिडियो निर्देशक विजयरत्न तुलाधर, वरिष्ठ सञ्चारकर्मी तुलसी गिरी “भावुक”, चर्चित संगीत संयोजक साहास शाक्य, चर्चित लोक गायक अमृत खाती, मोडल राज टाईगर, निर्देशक केशव राज भट्ट रहेका थिए भने जुरीहरुको ब्यवस्थापन अडियो तर्फ पिम नेपालका उपाध्यक्ष शंकर थापा “स्माईल” र भिडियोतर्फ निम अवार्डका ब्यवस्थापन प्रमुख सनम कठायतले गरेका थिए ।

    राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ मा सर्वोत्कृष्ट दोहोरी गायिकाको अवार्ड दामौलीमा गेट बोलको गीत मार्फत सिमा थापाले प्राप्त गरिन् भने हेमन्त कान्छा रसाइलीले पशुपतिमा शिवजी बोलको गीतबाट सर्वोत्कृष्ट दोहोरी गायक घोषित भए । सर्वोत्कृष्ट दोहोरी शब्दको अवार्ड निश्चल दवाडीले कस्मीरे पच्छ्यौरी गीतबाट पाउँदा सर्वोत्कृष्ट दोहोरी लय विधाको अवार्ड शान्त शिशिरले बेसारे माया गीतबाट पाए ।

    यस्तै आधुनिक गायिकाको अवार्ड गायिका मिलन नेवारले आँखाको नुर बोलको गीतमार्फत प्राप्त गरिन् । उक्त समारोह सर्वोत्कृष्ट राष्ट्रिय भाव,राम प्रसाद अवस्थी- उठौं जनता उठौं, सर्वोत्कृष्ट गजल, गीता सापकोटा हुमागाई- किन, सर्वोत्कृष्ट आधुनिक गीतकार,जि।एम दिपु दिपेन्द्र- महँगो भो तिम्रो माया,सर्वोत्कृष्ट लोक/पप गीतकार,लिला राज काम्वाङ- छुट्ने वेला, ,सर्वोत्कृष्ट लोकरआधुनिक संगीतकार,राजन राज शिवाकोटी- माया गर्न जान्यो मायाले,सर्वोत्कृष्ट आधुनिक गायक सौगात जंग थापाः तिमि आदत बन्यौ,सर्वोत्कृष्ट लोकरपप गायन, शोभा पाण्डेः डल्ले खुर्सानी, सर्वोत्कृष्ट युगल गायन साईराज खाती, मुना ठटाल- छुट्ने बेला ले अवार्ड प्राप्त गर्न सफल भएका थिए ।

    त्यसैगरी सर्वोत्कृष्ट नव गीतकार, रोहन पौड्यालः तिमि रिसाउनु मै फकाउला,सर्वोत्कृष्ट नवगायक, सन्तोष कुमार तामाङ- कसले बनायो पैसा ले अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट नवगायिका, निरुता राई- आउ आउ,सर्वोत्कृष्ट ध्वनी मिश्रण प्रकाश मिश्र- थाहै थिएन दिल,सर्वोत्कृष्ट एरेन्जर, रिदम कँडेल- अधुरो सपना–२,सर्वोत्कृष्ट भिडियो निर्देशक, प्रकाश धिताल- गन्र्दव बाहुन,सर्वोत्कृष्ट कोरियोग्राफर, पुनम श्रेष्ठ- आउ आउ बोलको गीतबाट अवार्ड पाउन सफल भएका थिए ।

    त्यसैक्रमा सर्वोत्कृष्ट छायाँकार, उत्सव दाहाल- आमा ए आमा,सर्वोत्कृष्ट सम्पादक, राजेश कुमारः सुनौली कोल, सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष, एलपी शर्मा- मनमा पर्यो चोट तथा सर्वोत्कृष्ट आधुनिक मोडल महिला पवित्रा शाँखी- भुल्नै गाह्रो भो वाट अवार्ड पाएका थिए भने सर्वोत्कृष्ट दोहोरी मोडल पुरुष सुधिर श्रेष्ठ- सानै छु भेना, सर्वोत्कृष्ट दोहोरी मोडल महिला,सुजिना गोले- दर्पण बनाई हेर्छु, सर्वोत्कृष्ट नवमोडल पुरुष, कुन्दन गुप्ता- हामी छुट्ने दिन तथा सर्वोत्कृष्ट नवमोडल महिला,निरुता बिष्ट- मलाई त तिम्रो भर पर्नु छ ले अवार्ड प्राप्त गरेका थिए ।

    कार्यक्रममा भाषाभाषि तर्फ सर्वोत्कृष्ट नेपाल भाषा गीतकार, सुरजबीर बज्राचार्यः नक्कलीम्ह मयजु, सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार,सानुबाबु महर्जन – मस्यु जित छुजुछुजु, सर्वोत्कृष्ट नेपाल भाषा गायन, राजकुमार मानन्धर – दः पिनि द्यः ब्वय्कि, सर्वोत्कृष्ट नेपाल भाषा मोडलिङ, सुदित श्रेष्ठ- कतांमरिया रुप छंगु, सर्वोत्कृष्ट नेपाल भाषा निर्देशन, दर्शनबीर शाक्य- नाप च्वने मदुसां बाट अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट मैथली गीत, विरेन्द्र झा – मिथिला धाम, उत्कृष्ट तामाङ सेलो, सन्जोक योन्जन- मायामा नेल, सर्वोत्कृष्ट भाषाभाषी गीत, पुनित कुमार बंशल- जै जनम भौम (मारवाडी भाषा)ले अवार्ड प्राप्त गर्न सफल भएका थिए । त्यस्तै भाका तर्फ सर्वोत्कृष्ट काँठे गीत, सुजता के.सी – आलु तामाले र सर्वोत्कृष्ट डेउडा गीत, महेश कुमार औजी- ए ईजु गैग्यो परान बाट पाएका थिए ।

    कार्यक्रममा सर्वोत्कृष्ट डायस्पोरा अवार्डवाट ९मोडल०, प्रतिक्षा लिम्बुः छुट्ने बेला, सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन सुभद्रा श्रेष्ठलाई प्रदान गरियो कार्यक्रममा मेनुका थापाले उठ उठ्नै पर्छ बाट सर्वोत्कृष्ट राष्ट्रिय भाव ९जुरी० अवार्ड प्राप्त गरिन् भने सर्वोत्कृष्ट लोक÷पप गीतकार (जुरी), डि.पी खनाल- बुझे हुन्छ कुरा (लोकपप), उत्कृष्ट डायस्पोरा (गायिका), निता आचार्य- चुपचाप, सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकार (ईन्करेजमेन्ट), द्रोण पराजुली- सुचना र प्रविधि यो, सर्वोत्कृष्ट लोक/पप गायन (जुरी), अर्जुन खरेलः दुई चुल्ठी, सर्वोत्कृष्ट दोहोरी शब्द (पब्लिक च्वाइस अवार्ड), किस्ना आचार्य (रोशनी)- निरि मायाको, सर्वोत्कृष्ट दोहोरी मोडल महिला (जुरी), अस्मिता पुरीः फुल माया बोलको गीतबाट अवार्ड प्राप्त गरेका थिए ।

    कार्यक्रममा सर्वोत्कृष्ट आधुनिक मोडल महिला (जुरी) मोडल जुना कार्कीले झरी बोलको गीबाट प्राप्त गर्दा कैलाश कठायतले बोली झर्कै छ बोलको गीतबाट सर्वोत्कृष्ट नवमोडल पुरुष (पब्लिक च्वाईस) अवार्ड प्राप्त गरे । त्यसैगरी सर्वोत्कृष्ट ,मैथली गीत (जुरी), डा.पूनम सिन्हाः मेघ मलहार, सर्वोत्कृष्ट तामाङ सेलो (पब्लिक च्वाईस), टिका बमजन, तामाले बोली फेर्दैन, सर्वोत्कृष्ट गायक ईन्करेज्मेन्ट अवार्ड विशाल सोनीलाई कामीदाईको घनठोकाई र सर्वोत्कृष्ट नवगायक जुरी अवार्ड, सुरज गुप्ता, पिलेन उडाउने लाई प्रदान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु