• पूर्वप्रधानन्यायाधीश एवं गीतकार कल्याण श्रेष्ठका दुई कृती लोकार्पण

    म्यूजिक खबर
    प्रकाशित: २२ बैशाख २०८२, सोमबार

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश एवं गीतकार तथा कल्याण श्रेष्ठको दुई कृतीहरु एउटै मञ्चमा लोकार्पण गरिएको छ । आइतबार राजधानीमा एक विशेष समारोहबीच श्रेष्ठका दुई कृतीहरु ––गीति एल्बम ‘धार बदलिएको जिन्दगी’ र गीतसङ्ग्रह ‘जिन्दगी जति हिँड्यो उति टाढा’ को लोकार्पण गरिएको हो । भव्य रुपमा आयोजित कार्यक्रमलाई सङ्गीत प्रतिष्ठान नेपाल र शिखा बुक्सले आयोजनाले आयोजना गरेका हुन् ।

    बरिष्ठ गीतकार एवं गीतकार संघका पूर्व चूडामणि देवकोटाको सभापतित्वमा आयोजित कार्यक्रममा प्राध्यापक डा.राम मनोहर श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको थियो ।

    गीतकार संघका पूर्वअध्यक्ष बरिष्ठ गीतकार चुडामणी देवकोटा, प्रा.डा. राम मनोहर श्रेष्ठ, कामु प्रधानन्यायधिस सपना मल्ल प्रधान, कवि तथा गीतकार गीता त्रिपाठी, संगीतकार शक्ति बल्लभ, गीतकार कल्याण श्रेष्ठलगायतले उक्त दुई कृतीको लोकार्पण गरेका हुन् ।

    गीति एल्बम ‘धार बदलिएको जिन्दगी’ को समीक्षा संगीतकार शक्ति बल्लभले गरेका थिए भने गीतकार गीता त्रिपाठीले गीत संग्रह ‘जिन्दगी जति हिँड्यो उति टाढा’ को समीक्षात्मक मन्तव्य राखेकी थिइन् ।
    कार्यक्रका सभापती रहेका बरिष्ठ गीतकार देबकोटाले परम्परा भन्दा फरक धारमा गीत लेखेर अलग परिचय बनाउन सफल भएकोमा श्रेष्ठलाई बधाई तथा शुभकामना दिए । उनले श्रेष्ठ न्यायलयको क्षेत्रमा पाएको सफलता जस्तै गीति लेखनमा पनि सिद्धहस्त शव्द शिल्पी भएको भन्दै प्रशंसा गरे ।

    लोकार्पित गीति एल्बम ‘धार बदलिएको जिन्दगी’ मा ‘म मरेको खबर, यादहरु, तिम्रो सौन्दर्यको, म संगको र नेपालका हौँ ’ गरी ५ वटा गीत रहेका छन् । विशिष्ट सङ्गीतकार शक्ति बल्लभको एकल सङ्गीत रहेको छ भने मनोहर सुनाम र मिराज श्रेष्ठको सङ्गीत संयोजन रहेको छ । कर्ण दास, बानिका प्रधान, स्वरुपराज आचार्य, लाबोनी चक्रवर्ती र सुमित खड्काले स्वर दिएका छन् ।

    कार्यक्रममा एल्बम ‘धार बदलिएको जिन्दगी’मा समावेश भएको ‘म मरेको खबर, गीतको म्यूजिक भिडियो प्रदर्शन गरिएको थियो भने चार गीतहरु लाईभ प्रस्तुत गरिएको थियो । दुइवटा देशभक्ति गीतलाई राष्ट्र गायक सुमित खड्काले प्रस्तुत गरेका थिए भने गायिका बानिका प्रधानले प्रेमीले गीत गाएर सबैलाई आकर्षित गरेकी थिइन् ।
    ‘म मरेको खबर’ म्युजिक भिडिओमा राजेश हमाल र पूजा गिरीको अभिनय रहेको छ ।

    यसैगरी लोकार्पित गीतसङ्ग्रह ‘जिन्दगी जति हिँड्यो उति टाढा’ मा विविध भावका ८७ वटा गीत रहेका छन् । रु. २०० मूल्य रहेको यो पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

    लोकार्पण कार्यक्रममा कृतीकाबारे जानकारी दिँदै गीतकार श्रेष्ठले एकैसाथ दुवै कृति लोकार्पण गर्न पाउँदा खुुसी महसुस भएको प्रतिक्रिया दिए । गीतकार श्रेष्ठले यसअघि ‘जिन्दगीका तरेली’ र ‘नबुझिएको जिन्दगी’ गीति एल्बम सार्वजनिक गरेका थिए । उनका यसअघि ‘जिन्दगीका तरेली’ र ‘नबुझिएको जिन्दगी’ सार्वजनिक भइसकेका छन् ।

    गीत संगीत र राष्ट्र«का प्रसिद्ध व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा शिखा बुक्सका पुष्प पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सुगरिका केसीले गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु