• नेपाली गीतकार लोकराज अधिकारी अन्तर्राष्ट्रिय अवार्डको दुई विधामा छनौट

    म्यूजिक खबर
    प्रकाशित: २७ बैशाख २०८२, शनिबार

    काठमाडौँ । लोकप्रिय गीतकार लोकराज अधिकारी अन्तर्राष्ट्रिय अवार्डको दुई विधामा टप २० मा छनौटमा परेका छन् । इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को सातौँ संस्करणमा नेपाल बाट प्रसिद्ध गीतकार लोकराज अधिकारी अन्तिम प्रतिस्पर्धामा दुई विधामा टप २० मा छनौट भएका छन् ।
    नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट अन्तर्राष्ट्रिय तर्फ ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका हुन् । अन्तरराष्ट्रिय २१ विधाअन्तर्गत गीतकार पुरुषतर्फ ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा रहेकामा इलेक्ट्रोनिक भोटिङ’ मार्फत गीतकार अधिकारी टप २० मा परेका हुन् ।
    गत बर्ष एउटा बिधामा मनोनयनमा परेका अधिकारी इलेक्ट्रोनिक भोटिङमा पछाडी परेपछि अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएका थिए । यसपटक भने दुई बिधामा नै अन्तिम प्रतिस्पर्धामा छनौट भएका छन् । आगामी अगस्ट २४ मा अमेरिकाको एटलान्टामा हुने फाइनलका लागि गीतकार अधिकारीलाई आयोजकले ‘रेड कार्पेट’ निम्तो पठाइसकेको गीतकार अधिकारीले बताए ।
    गीतकार अधिकारीले रचना गरेका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ ‘हेप्नी मलाई हेप्नी’, ‘रुपौली रानी’ लगायतका दर्जनौ गीत लोकप्रिय छन् । यो बर्षको सुपरहिट चलचित्र अन्जिलामा पनि उनको ‘यो देशको झण्डा बिश्व सामु फर्फराउनु छ’ बोलको थिमसङ् लेखेका छन् । अधिकारी लेखनसँगै संचारकर्ममा समेत सक्रिय रहँदै आएका छन् । टप २० मा छनौट भएपछि उनले आफुले सिङ्गो नेपाल र नेपाली प्रतिनिधित्व अन्तर्राष्ट्रिय मञ्चमा गीतको माध्यमबाट उभ्याउन सफल भएको प्रतिक्रिया दिएका छन् । गीतकार अधिकारीले लेखेको अमेरिकी गायिका ज्याकलिन पेरालेजले गाएको ‘नेपाल र नेपाली मन प¥यो’ बोलको गीतको म्युजिक भिडियोको केहिदिन अघिमात्र छायाँकन सम्पन्न भएको छ । उक्त भिडियो केहिदिनमा सार्बजनिक गरिने अधिकारीले जानकारी दिएका छन् । गीतकार अधिकारीले लेखेका गीतको प्रसङ्ग नेपालको प्रतिनिधिसभा पनि बेला बेला उठने गरेको छ । प्रतिनिधि सभाका सदस्यहरुले सदनमा बोल्ने बेलामा उनका गीतको सन्दर्भ जोडेर आफ्ना भनाई राख्ने गरेको सदनको रेकर्डमा रहने गरेका छन् । काङ्ग्रेस र एमालेको समीकरण पछि माओवादी नेतृत्वको सरकार बिस्थापित हँुदा सदनमा एमालेका मुख्य सचेतक महेश बर्ताैलाले अधिकारीले लेखेको गीत ‘तिम्ले पराई ठानेपछि’को स्थाई सुनाउँदै पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको जवाफ फर्काएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु