
काठमाडौं । सदाबहार गायक आनन्द कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘मुसुक्क हाँसी लजाउने’ बोलको प्रेमभाव समेटिएको गीत सार्वजनिक गरेका हुन् ।
गीतका शब्द तथा संगीतमा गायक कार्कीलाई म्यानमारका अनिलले साथ दिएका छन् । भकुब तामाङले संगीत संयोजन गरेका गीतलाई होराइजन स्टुडियोमा मिक्स, मास्टरिङ गरिएको हो ।
गीतको म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ । भिडियोमा गायक आनन्द कार्कीका साथै एसराज गराच, छुल्ठिम गुरुङ र साक्षी लम्साल देखिएका छन् ।
वीरेन तितुङको परिकल्पना र निर्देशनमा तयार भएको भिडियाकोे छायाँकन दिनेश पराजुलीले गरेका हुन् भने नाम्गेल लामाले कोरियोग्राफी गरेका हुन् ।
टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोलाई गायक कार्कीले आफ्नै युट्युब च्यानल ‘आनन्द कार्की’ बाट सार्वजनिक गरेका हुन् ।