लक्ष्मीलाई विशिष्ट नारी सम्मान, दीपाश्री, मन्जु र हरिमायालाई नारीरत्न र राधिकालाई कलापत्रकारिता सम्मान

म्यूजिक खबर
प्रकाशित: ४ भाद्र २०८२, बुधबार १६:५१

काठमाडौं । चौंथो म्युजिक खबर तीज म्यूजिक अवार्डमा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई विशिष्ट नारी सम्मान अर्पण गरिने भएको छ । विगत ६ दशकदेखि निरन्तर नेपाली रङ्गमञ्च, चलचित्र, म्युजिक भिडियो, टेलिसिरियलमा अभिनय कलाबाट विशिष्ट योगदान दिएवापत गिरीलाई विशिष्ट नारी सम्मान अर्पण गरिएको आयोजक अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् । त्यस्तै दीपाश्री निरौला, वरिष्ठ गायिकाद्वय मन्जु थापा र गायिका हरिमाया गुरुङलाई ‘म्युजिक खबर नारीरत्न सम्मान’ अर्पण गरिने भएको छ । आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएवापत उनीहरुलाई नारीरत्न सम्मान गरिएको अध्यक्ष पोखरेलले जानकारी दिइन् । २०८२ भाद्र ५ गते सम्पन्न हुने चौंथो म्युजिक खबर तीज म्यूजिक अवार्डको अवसर पारेर उहाँहरुलाई सम्मान अर्पण गरिने भएको हो । कार्यक्रममा उहाँहरु लगायत विभिन्न विधा तथा व्यवसायमा क्रियाशील रहेका १० नारीलाई पनि सम्मान अर्पण गरिने भएको छ ।
अवार्ड समारोहमा कला पत्रकारिता सम्मानबाट राधिका अधिकारीलाई सम्मान अर्पण गरिने भएको छ । उनीसँर्ग कला पत्रकारिता सम्मानबाट नै विनिता कुँवर क्षेत्री र सम्झना धमलालाई सम्मान गरिने भएको हो । त्यस्तै संगीत व्यवसायी सम्मानबाट मनुकुमारी पन्तलाई सम्मान गरिने भएको छ । सौन्दर्यकला सम्मानबाट सौन्दर्यकर्मी सानु थापा, निकिता पाण्डे र करुणा श्रेष्ठलाई सम्मान गरिने भएको हो । त्यसैगरी सामाजिक सेवा सम्मानबाट गंगा पन्थ भट्टराई र मधु श्रेष्ठलाई सम्मान गरिने भएको छ ।त्यस्तै व्यवसायी नारी सम्मानबाट अन्जु दुलाल सुन्चुरीलाई सम्मान गरिने भएको छ । अवार्डमा विविन्न तह तप्कामा क्रियाशील रहेका नारीहरुलाई ‘नारी विशेष सम्मान’बाट निरन्तर सम्मानित गरिँदै आएकोमा यसपाली पनि विशिष्ट नारीहरुलाई सम्मान गर्न लागिएको हो ।
प्रतिनिधि सभा सदस्य माननीय रेखा यादवको प्रमुख आतिथ्यतामा हुने उक्त अवार्ड कार्यक्रममा विभिन्न २१ विधाका गीतसंगीत, कलाकार, स्रष्टा सर्जकलाई पनि अवार्ड प्रदान गरिनेछ । सम्मानसँगै तीजको दर खुवाउने कार्यक्रमसमेत रहेको छ ।
चौथो म्युजिक खबर तीज म्यूजिक अवार्ड–२०८२ सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु