प्रथम गुरुङले चुमे मेरो डान्स युनिभर्स सिजन २को उपाधि, रिस्ता गुरुङले चुमिन् मेरो डान्स युनिभर्सको उपाधि

म्यूजिक खबर
प्रकाशित: ८ भाद्र २०८२, आईतवार ०४:२८

काठमाडौं । सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ को उपाधि प्रथम गुरुङ र रिस्ता गुरुङले चुम्न सफल भएका छन् । मेरो भ्वाइस युनिभर्स २ को उपाधि प्रथम गुरुङले चुमेका हुन् भने मेरो डान्स युनिभर्स २ को उपाधि रिस्ता गुरुङले चुम्न सफल भएकी हुन् । उनीहरुले १–१ करोड नगदसहित, ट्रफी, गिफट ह्याम्पर लगायत २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा प्राप्त गरेका हुन् । गोदावरीस्थित सनराईज कन्भेन्सन केन्द्रमा आयोजना भएको ग्रान्ड फिनालेमा उनीहरुले उपाधि चुम्न सफल भएका थिए ।

मेरो भ्वाइस युनिभर्स सिजन २ को उपाधि प्रथम गुरुङले चुम्न सफल भए । विजेताले १ करोड धनराशिसहित २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा सहित गिफ्ट ह्याम्परहरु प्राप्त गर्न सफल भए । त्यस्तै हङकङबाट प्रतिनिधित्व गरेका टोपराज तामाङ फस्ट रनरअप बन्दै २५ लाख नगदसहित २० लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा प्राप्त गर्न सफल भए । कतारबाट जुनु प्रसाईले सेकेन्ड रनरअपको उपाधि जित्दै १० लाख नगदसहित १५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा प्राप्त गर्न सफल भइन् । वाङ्गे गुरुङले थर्ड रनरअपको उपाधि जित्दै ६ लाख नगदसहित १० लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा प्राप्त गर्न सफल भए । झापाका प्रशान्त पोखरेल फोर्थ रनरअप बन्दै ५ लाख नगदसहित १० लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा प्राप्त गर्न सफल भए । दीपराज राई फिप्थ रनरअप बन्दै ४ लाख नगदसहित १० लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा प्राप्त गर्न सफल भए ।

मेरो डान्स युनिभर्स सिजन २ को उपाधि हङकङकी रिस्ता गुरुङले चुम्न सफल भइन् । विजेताले १ करोड धनराशितसहित २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा प्राप्त गरेकी छन् । त्यस्तै सिक्किमकी अमृता राईले फस्ट रनरअप बन्दै २५ लाख नगदसहित २० लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा प्राप्त गरेकी छन् । सितुन महर्जनले सेकेन्ड रनरअप उपाधि चुम्दै १० लाख नगदसहित १५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा प्राप्त गर्न सफल भइन् । सुरज सिंजाली मगरले थर्ड रनरअप उपाधि जित्दै ६ लाख नगदसहित १० लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा प्राप्त गरे । झापाका सुसाना कोइरालाले फोर्थ रनरअप बन्दै ५ लाख नगदसहित १० लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा प्राप्त गर्न सफल भइन् । साजन पाख्रिन तामाङ फिप्थ रनरअप ४ लाख नगदसहित १० लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा प्राप्त गर्न सफल भए ।

मेरो डान्स युनिभर्स सिजन २ को कल्चरल ग्रुप डान्स अन्तर्गत २५ लाख नगदसहित भुटनिज रिफ्यूजी डान्स ग्रुप विजेता बन्न सफल भयो । त्यस्तै फस्ट रनरअप १५ लाख धनराशीसहित मनासलु वल्र्ड कलेज फस्ट रनरअप बन्न सफल भयो भने सेकेण्ड रनरअप युमा महारानी नृत्य समूह बन्न सफल भयो । त्यस्तै ५ लाख नगदसहित नेपाल प्रहरीका कलाकार थर्ड रनरअप बन्यो भने ३ लाख नगदसहित तरेली सांस्कृतिक ग्रुप परिवार फोर्थ रनरअप बन्न सफल भयो ।

विश्वका विभिन्न देशमा रहेका नेपालीहरु सहभागी भएको मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स सिजन २ विगत ६ महिनादेखि निरन्तर चलिरहेको थियो । आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीबीच आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए । कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा रहेको थियो । उक्त कार्यक्रममा प्रनितिधि सभाका सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सूचना तथा संचार प्रविधि मन्त्रालय पृथ्वी स्ब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे लगायतका विशिष्ट महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा ‘मेरो भ्वाइस युनिभर्स’ मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अञ्जु पन्त, गायिका लाबोनी चक्रवर्ती, गायक शिव परियार, गायक कर्मा ग्याल्छेनले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यस्तै, ‘मेरो डान्स युनिभर्स’ मा निर्णायकका रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शङ्कर विसी, किरण थापा, कोरियोग्राफर कविराज गहतराज र अभिनेत्री शिल्पा मास्के रहेका छन् । यस्तै, कार्यक्रम सञ्चालकका रूपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल र टेरिया मगर रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु