
काठमाडौं । फ्लाई नेपालको आयोजनामा अमेरिकामा भएको ‘गाउँछ अमेरिका’ कार्यक्रममा गत अगस्त १५मा अमेरिका उडेकी गायिका कला लम्साल अन्ततः ह्विलचेयरमा नेपाल फर्केकी छन् । उनीसँगै गायक बद्री पंगेनी, प्रताप दास र गायिका एलिना चौहान पनि अमेरिका उडेका थिए । अमेरिकाको विभिन्न शहरमा सांगीतिक प्रस्तुति दिँदै आएकी थिइन् । तर गायिका लम्साल कार्यक्रम चलिरहँदा बिरामी पर्न गइन् । अन्य तीन कलाकारलाई अमेरिका नै छाडेर नेपाल फर्किन बाध्य भइन् । नेपाल फर्किँदै गर्दा गायिका कला लम्सालले भावुक बन्दै सामाजिक सञ्जालमा फर्किनु परेको पीडा र आयोजकले दिएको दुःख सेयर गरेकी छन् । उनले आयोजकसँग बिरामी भएको कुरा पटक पटक बताउँदा पनि निर्दयी व्यवहार गरेको र अन्ततः नेपाल फर्किन बाध्य भएको बताएकी छन् । सामाजिक सञ्जालमा उनले लेख्दै भनेकी छन्ः दुर्भाग्यबस मेरो स्वास्थ्य अबस्था जटिल बन्न पुग्यो र उपचारको लागि पहल गर्न आयोजक बिनोद अधिकारीसँग आग्रह गरें। तर दुःखको कुरा मेरो अनुरोधलाई खासै वास्ता गरिएन । म सुधार भएपछि बाँकि कार्यक्रम सम्पन्न गरुँला भन्ने झिनो आशा थियो तर बाताबरण त्यस्तो हुन सकेन ४÷५ महिना समय लाग्छ भनेपछि फर्किन बाध्य भएको बताएकी छन् । उनले भनेकी छन्ः ‘आयोजकको नियममा बाँधिनुपर्ने बाध्यताले आफन्त र शुभ शुभचिन्तक मैले चिनेका हेल्थ कियरिङ प्रोफेसनल मेरा अभिभाबक सरहका ब्यक्तीहरुलाइ मेरो कुराहरु ब्यक्त गर्न पनि मनाहि गरियो । पटक पटक थर्काइयो । सोधि खोजि गर्नेहरु संग बिरामी छु नभन्नु फेस बुकमा पनि नहाल्नु भनेर आदेश आयो । म रोइ कराइ गरेँ तर उहाँले पनि सुन्नु भएन बिनोद सरलाइ कल गर्दा मेरो कुरा नसुनी मलाइ थर्काएर झट्ट फोन काट्नु भयो । यो सत्य हो । म बिबस भएँ । यो झमेलामा आफुलाइ फसाउन भन्दा बरु जान्छु भनेर मन भारी बनाउदै फर्किएकि हुँ, अझै पनि मेरा बिषय मा उल्टा सुल्टा कुरा हुन थालेपछि पोस्ट गरेकी हुँ ।’
उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तैः
नमस्कार सबैलाई ? मेरा श्रोता , दर्शक ,आफन्त तथा शुभचिन्तक हरु सबैले मेरो स्वास्थ्य अबस्था प्रति देखाउनु भएको गहिरो चासो र चिन्ता प्रति म आभारि छु । र केहि राहत महसुस पनि गरेकि छु। फ्लाइ नेपालको आयोजनामा मनमा ठुलो उत्साह र उर्जा बोकेर म सांगीतिक कार्यक्रमको लागि , बद्री पंगेनि , म कला लम्साल , एलिना चौहान , प्रताप दाश सहित अमेरिका पुगेकि थिएउ, केहि प्रस्तुतिहरु पनि राख्ने मौका मिल्यो।तर दुर्भाग्यबस मेरो स्वास्थ्य अबस्था जटिल बन्न पुग्यो र उपचारको लागि पहल गर्न आयोजक ( बिनोद अधिकारी) संग आग्रह गरें।तर दुखको कुरा मेरो अनुरोधलाई खासै वास्ता गरिएन ।म सुधार भए पछि बाँकि कार्यक्रम सम्पन्न गरुँला भन्ने झिनो आशा थियो तर बाताबरण त्यस्तो हुन सकेन 4-5 महिना समय लाग्छ , हेर्ने को जाने, हप्तामा एक्चोटि गरेर जानुपर्छ यावत कुराहरु भएपछि सम्बन्धित सबैले ब्यक्त गरि मेरो उपचार गर्नु भन्दा फर्काउन मै जोड दिनुभयो।नयाँ देश र परिबेश त छंदै थियो आयोजकको नियममा बाँधिनुपर्ने बाध्यताले आफन्त र शुभ शुभचिन्तक मैले चिनेका हेल्थ कियरिङ प्रोफेसनल मेरा अभिभाबक सरहका ब्यक्तीहरुलाइ मेरो कुराहरु ब्यक्त गर्न पनि मनाहि गरियो । पटक पटक थर्काइयो ।सोधि खोजि गर्नेहरु संग बिरामी छु नभन्नु फेस बुकमा पनि नहाल्नु भनेर आदेश आयो ।अ्मेरिका जस्तो ठाउ मा पनि मेरो उपचार सम्भब नहुने देखेपछि ,4-5 महिना लाग्छ भनेर भन्दिसकेपछि मलाई मेरो ज्यान भन्दा ठुलो केहि लागेन्। म बाध्य भएर नेपाल फर्किन हस भन्नुबाहेक बिकल्प केहि रहेन त्यसैले आफ्नै देश रोज्न पुगे।
उठेर हिड्न नसक्ने अबस्थामा पनि व्हील चिएरमा राखेर पठाइयो ।मेरो एउटै मात्र माग थियो मेरो उपचार यहा सम्भब छैन भने ठिकैछ , उतै गएर उपाचार गर्छु मलाइ बिजनेस कलासको टिकट मिलाइदिनुन कम्तिमा म ढ्ल्किएर सुतेर जादा सजिलो हुन्थ्यो कि भनेर अनुनय गरे तर सुनुवाई भएन ।प्लीज बरु म पनि पैसा थप्छु भन्दा पनि मेरो कुरा सुनिएन र सम्बोधन पनि गरिएन ।यसै कारण म मानसिक तनाब ,जरो दुखाइ सबै कुरालाइ सहंदै नेपाल फर्कने निधो गरे ।अन्तिममा पनि , मेरो दुखाई बढ्दै गएपछि म जान सक्दिन भनेर बिन्ति गर्दा पनि उहाँको आफन्तले मैले टेक किएरगर्न सक्दिन भनेर मलाइ अझ पैसा दिदै बिनोदले दिएको हैन बैनी मैलेनै दिएको हो भनेर थम्याउने कोशिस गर्नु भयो ।म रोइ कराइ गरे तर उहाले पनि सुन्नु भएन बिनोद सरलाइ कल गर्दा मेरो कुरा नसुनी मलाइ थर्काएर ,उहाले तपाईलाई राख्न सक्न्नुहुन भनेर झट्ट फोन काट्नु भयो ।यो सत्य हो ।म बिबस भए ।यो झमेलामा आफुलाइ फसाउन भन्दा बरु जान्छु भनेर मन भारी बनाउदै फर्किएकि हु अझै पनि मेरा बिषय मा उल्टा सुल्टा कुरा हुन थालेपछि मेरै के गल्ति ,गरेर त्यस्तो , कि म नबोल्नाले धेरैले दुख पाउछन , “यस कारण म नेपाल फर्किएकि हु “।भनेर मेरा दर्शक शुभचिन्तक ज्यु हरुलाई बताउनुपर्छ भन्ने लागेर मैले यो स्टाट्स कतार हुदा लेखेकि थिए , फ्लाइट बोलाइहाल्यो पोस्ट गर्न पाइन ।नेपाल आउदा देश को हालत यस्तो अबस्थामा देख्दा दुई दिन कुरे।तर आज मेरो आत्मा रोइरहेको हुनाले पोस्ट नगरि बस्न सकिन ।आफ्ना शुभचिन्तक र आफन्त संग एक पटक बिरामी छु भनेर बोल्न पनि नदिई जुन हाल मा फर्किए पनि , मैले कार्यक्रम राम्रो होस , उहाहरुलाइ पनि राम्रो होस , भनेर चुपचाप यात्रा तय गरेर एउटा फोटो पनि पोस्ट गरेको थिईन । तर अहिले धेरै स्टाटस, त्यो पनि मलाइ नै गलत देखाउने गरी आएको हुनाले बाध्य भएर लेख्न पुगेको हुँ। मैले जे भोगें अरुले भोग्न नपरोस्। यहि चाहन्छु ।जे होस बाँकि शो को लागि सबैलाई शुभकामना ।??
अन्तत: अब गाउछ अमेरीकाको पोष्टर बाट मेरो फोटो तुरुन्त हटाइदिनुहुन बिनोद अधिकारी ज्यु लाई आग्रह पनि गर्दछु ।