अमेरिकामा भएको ‘स्टाइल आइकन’को टप टेनमा विशाल कार्की, टप वानको लागि प्रतिस्पर्धा हुँदै

म्यूजिक खबर
प्रकाशित: १५ कार्तिक २०८२, शुक्रबार १४:२०

अमेरिकामा आयोजना भएको फेसन सम्बन्धी प्रतिस्पर्धा ‘स्टाइल आइकन’ मा एक हजार जनाबाट छानिँदै छानिँदै टप टेन भित्र पर्न सफल भएका छन् विशाल कार्की । उनी टप टेनबाट टप फाइभ परेपछि मात्र टप वानका लागि प्रस्तिस्पर्धा गर्नेछन् । अमेरिकामा नै चलचित्र, विज्ञापनमा अभिनय गरिरहेका विशाल कार्की फेसन सम्बन्धी प्रतिस्पर्धा ‘स्टाइल आइकन’ का लागि छानिएका हुन् । कार्कीले ‘स्टाइल आइकन’ जिते भने मिलान फेसन विक २०२६ मा भर्साचेको शोको टिकट, फ्लन्ट म्यागजिनमा विशेष स्पटलाइट फिचर २० हजार डलर प्राप्त गर्नेछन् । स्टाइल आइकनलाई एल्टन जोन एड्स फाउन्डेसनले आयोजना गरेको हो ।
for vote click : https://styleicon.org/2025/bishal-karki

अमेरिकामा बिजनेशमा ब्याचलर डिग्री तेस्रो वर्षमा अध्ययन गर्दै आएका विशाल अमेरिकन आर्मीमा समेत काम गरिसकेका छन् । कलाकारितामा रुची राख्दै आएका विशाल लोकप्रिय गायक विरही कार्कीका छोरा हुन् । उनले नेपालमा छँदैमा पनि बाल कलाकारको रुपमा मनकामना माइ, आमा भाग २ र ४, दशैं आयो, जूनकिरी लगायतका गीतको म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । नेपालमा छँदादेखि नै स्कुल टप विद्यार्थीका रुपमा अध्ययन गरेका उनले अमेरिका गएपछि पनि पढाइमा टप नै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु