
काठमाडौं । अस्वस्थ रहेका तथा उपचार र स्वास्थ्यसम्बन्धी आर्थिक कठिनाइ सामना गरिरहेका चलचित्रकर्मीहरूलाई चलचित्र विकास बोर्डअन्तर्गत सञ्चालित चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक राहत हस्तान्तरण गरिएको छ।
नेपाली चलचित्र क्षेत्रमा आ–आफ्नो विधाबाट महत्वपूर्ण योगदान पुर्याएउँदै आएका चलचित्रकर्मीहरूको स्वास्थ्य, सम्मान र कठिन समयमा साथ दिने उद्देश्यसहित आज निम्न चलचित्रकर्मी तथा परिवारलाई सहयोग रकम प्रदान गरिएको हो।
सहयोग प्राप्त चलचित्रकर्मीहरूः
१.रोमा बिष्ट — कलाकार
२. क्षितिजा शाक्य — कलाकार
३. फडेन्द्र बहादुर विश्वकर्मा — द्वन्द्व कलाकार
४. पासाङ तेम्बा शेर्पा — कला निर्देशक
५. शान्तिप्रसाद उपाध्याय (शान्तिप्रिय) — चलचित्र पत्रकार
६. प्रवीण थापा — निर्माता र
७. स्व. अशोक रोक्का — वरिष्ठ श्रृंगारकर्मी
हस्तान्तरणमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, चलचित्रकर्मी कल्याण कोषका संयोजक बसुन्धरा भुसाल, तथा कोषका सदस्यहरू मोहन निरौला, नारायण प्रधान, जनकदीप पराजुली र पुष्कर लामाको उपस्थिति रहेको थियो।
चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रका स्रष्टा, कलाकार, प्राविधिक, पत्रकार तथा समग्र चलचित्रकर्मीहरूको सम्मान, सुरक्षा र कल्याणप्रति सदैव प्रतिबद्ध रहेको कुरा विकास बोर्ड सुत्रले जनाएको छ।