नेपाली गीतसंगीतको क्षेत्रले दिनानुदिन नयाँ फड्को मार्ने काम तीब्र रुपमा अगाडि बढिरहेको अवस्थामा www.musickhabar.com ले ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को आयोजना गर्दै आएको हो । यसो त मौलिकता हराउँदै गएको आरोप बेलाबेलामा गीतसंगीत उद्योगले खेप्नु परिरहे पनि यस क्षेत्रमा भएका प्रगतिको विवरण लामै छ । लोक, दोहोरी, पप वा सुगम संगीतसम्मको सांगीतिक यात्रा हाम्रो अर्थमा गर्व गर्न लायक छ । प्रविधिको सहजताले आम मानिसमा गीतसंगीत प्रभावकारी हिसाबमा फैलिरहेको छ भने प्रतिभा हुनेका लागि पहुँच अझै फराकिलो बन्दै गइरहेको छ । यसै परिप्रेक्ष्यमा नेपाली गीतसंगीतको प्रबद्र्धन एवं सम्बद्र्धन होस् तथा मौलिक गीतसंगीतले अझै प्रश्रय पाउन सकोस् भन्ने हेतुले यो अवार्डको आयोजना गरिएको हो । ‘स्तरीय एवं मौलिक संगीतको धार, नेपाली गीतसंगीतको आधार’ भन्ने मूल नारा लिएर रङ्ग पत्रकारिताका माध्यमले विशेषगरी गीतसंगीतलाई आत्मसात गर्दै विगत ५ वर्षदेखि संचालन भइरहेको अनलाईन पत्रिका www.musickhabar.com ले म्यूजिक खबर म्यूजिक अवार्ड –२०१५ (म्यूजिकखबर म्यूजिक अवार्ड २०७२) को आयोजना गर्न लागिरहेको कुरा त यहाँहरुलाई सहर्ष जानकारी गराउँदछौं ।
सन् २०१२ बाट नियमित रुपमा सम्पन्न गर्दै आएको म्यूजिक खबर म्यूजिक अवार्डको यो चौथो संस्करण हो । गीत संगीतको सरलीकरण, आम स्रोतामा सहज पहुँच एवं राम्रा गीतसंगीतलाई प्रोत्साहित गर्न र नेपाली कला संस्कृतिको क्षेत्रमा गीत संगीतका माध्यमले थोरै भए पनि योगदान दिन सकियोस् भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०७२’ का लागि आवेदन दिइएका गीतसंगीतहरुलाई जुरीहरुले गर्नुभएको निष्पक्ष निर्णयका आधारमा मनोनयन सार्वजनिक गरिएको छ । यस अवार्डलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण गीतसंगीत प्रेमी महानुभावहरु, गीत संगीत क्षेत्रमा क्रियाशील तथा कलाप्रेमीहरुलाई सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं ।
नोट: भोटिङ गर्नका लागि MKA <space> कोड नम्बर टाइप गरी ४२४३ मा पठाउनु पर्नेछ ।
प्रत्येक विधामा सर्वोत्कृष्ट ५ मा परेका गीतसंगीतहरुको मनोनयन निम्नअनुसार छ :
१. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
क) धु्रवराज पौडेल हामी युवा देशका लागि MKA 001
ख) पूजा मारिया हिमाल हाम्रो पहाड हाम्रो MKA 002
ग) माधव खरेल मेरो देशको झण्डा MKA 003
घ) राजन ठकुरी मेरो आफ्नै इतिहास MKA 004
ङ) लोकराज अधिकारी नाक चुच्चो या थेप्चो MKA 005
२. सर्वोत्कृष्ट पप गायन
क) आँसुसेन लामा ढुंगामा MKA 006
ख) एन्जिला रेग्मी पिरतीको गोली MKA 007
ग) कन्काइष्ट राई तिम्ले माया लाउँदा MKA 008
घ) कृष्ण काफ्ले माया बस्यो MKA 009
ङ) राजकुमार गोस्वामी सोल्टिनी MKA 010
३. सर्वोत्कृष्ट पप संगीतकार
क) गुर्मे डी लामा यो मन तिम्रो MKA 011
ख) दिपक शर्मा माया बस्यो MKA 012
ग) बिक्रम थापा सम्झनालाई जाली रुमाल MKA 013
घ) रमेशजराज भट्टराई पिरतीको गोली MKA 014
ङ) विपिन आचार्य चोलीको तुनामा MKA 015
४. सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी
क) भीम लम्तरी मगर म त बसाईं सर्न लाग्याछु MKA 016
ख) शिशिर भुसाल हाम्रो नाता MKA 017
ग) स्मृति पुन यति जान्न मन छ MKA 018
घ) सञ्जय फ्राउनफेल्डर म त फूल झैं MKA 019
ङ) सम्झना भण्डारी तोरी भएछ MKA 020
५. सर्वोत्कृष्ट मोडल महिला लोकदोहोरी
क) पार्वती राई रातो पछ्यौरी MKA 021
ख) पूजना स्त्री मेरो आधा जिन्दगी MKA 022
ग) रञ्जिता गुरुङ कसको सिन्दुर MKA 023
घ) सगुन शाही म त फूलझैं MKA 024
ङ) सुष्मा कार्की जूनकिरी MKA 025
६. सर्वोत्कृष्ट मोडल पुरुष लोकदोहोरी
क) नारायण ढकाल म त फूलझैं MKA 026
ख) बिमल अधिकारी कसको सिन्दुर MKA 027
ग) महेन्द्र गौतम मेरो आधा जिन्दगी MKA 028
घ) महेन्द्र गौतम जूनकिरी MKA 029
ङ) शंकर बिसी रातो पछ्यौरी MKA 030
७. सर्वोत्कृष्ट निर्देशक लोकदोहोरी
क) कपिल लामा मेरो आधा जिन्दगी MKA 031
ख) प्रकाश भट्ट तोरी भएछ MKA 032
ग) बब्बु थापा ढाड दुखेर मा¥यो MKA 033
घ) शंकर बिसी जूनकिरी MKA 034
ङ) शंकर बिसी म त फूलझैं MKA 035
८. सर्वोत्कृष्ट शब्द लोकदोहोरी
क) एक्लै रुन पर्दैन कस्तुप पन्त MKA 036
ख) झल्को आउँछ रमेश बिजी MKA 037
ग) यत्ति जान्न मन छ शिव सुवेदी MKA 038
घ) रातो पछ्यौरी एक नारायण भण्डारी MKA 039
ङ) हातमा बाला सोल्टिना घनश्याम खड्का MKA 040
९. सर्वोत्कृष्ट गायिका लोकदोहोरी
क) टीका पुन हातमा बाला सोल्टिना MKA 041
ख) देवी घर्ती छैन केही गुनासो MKA 042
ग) पूर्णकला बिसी म त बसाई सर्न MKA 043
घ) मुना थापा म त फूल झैं MKA 044
ङ) सरिता कार्की जूनकिरी MKA 045
१०. सर्वोत्कृष्ट गायक लोकदोहोरी
क) कुलेन्द्र बिक छैन केही गुनासो MKA 046
ख) कृष्ण रेउले बिना स्वादैको MKA 047
ग) पशुपति शर्मा ढाड दुखेर मा¥यो MKA 048
घ) बद्री पंगेनी रातो पछ्यौरी MKA 049
ङ) विरही कार्की जूनकिरी MKA 050
११. सर्वोत्कृष्ट लोकगीत
क) कृष्णा परियार खस्यो बलेनी MKA 051
ख) याम क्षेत्री मेरी आमा MKA 052
ग) राजन भुजेल ढल्यो बैंश MKA 053
घ) राजु परियार दरौं सिरुवारी MKA 054
ङ) राजेपायल राई कैंचीमार सारी MKA 055
१२. सर्वोत्कृष्ट लय लोकदोहोरी
क) जूनकिरी विरही कार्की MKA 056
ख) झल्को आउँछ रमेश बिजी MKA 057
ग) ढाड दुखेर मा¥यो पशुपति शर्मा MKA 058
घ) तोरी भएछ प्रकाश सपुत MKA 059
ङ) हातमा बाला सोल्टिना कुलमान नेपाली MKA 060
१३. सर्वोत्कृष्ट चलचित्र गीतकार
क) अर्जुन पोखरेल तिम्रो आँखामा (स्टुपिड मन) MKA 061
ख) एकनारायण भण्डारी कम्मरमाथि पटुकी (नाइँ नभन्नु ल–३) MKA 062
ग) डा.कृष्णहरि बराल के म तिम्रो होइनर (कोहिनूर) MKA 063
घ) रवि कार्की छुट्यो साथ (यो कथा हो तिम्रो मेरो) MKA 064
ङ) विकास आचार्य यो मन बरु (नाइँ नभन्नु ल–३) MKA 065
१४. सर्वोत्कृष्ट पाश्र्व गायिका
क) अन्जु पन्त एउटा सानो घर (स्टुपिड मन) MKA 066
ख) माण्डवी त्रिपाठी मात लाग्यो (लज्जा) MKA 067
ग) मेलिना राई कम्मर माथि पटुकी (नाइँ नभन्नु ल–३) MKA 068
घ) रजिना रिमाल यो मन बरु (नाइँ नभन्नु ल–३) MKA 069
ङ) सहिमा श्रेष्ठ डोला डोला (हवल्दार सुन्तली) MKA 070
१५. सर्वोत्कृष्ट पाश्र्व गायक
क) युवराज चौलागाईं तिमीलाई के भनुँ (नोभेम्बर रेन) MKA 071
ख) राजेशपायल राई म त मर्छु (ठूली) MKA 072
ग) रामचन्द्र काफ्ले मात लाग्यो (लज्जा) MKA 073
घ) स्वनुप पौडेल एउटा सानो घर (स्टुपिड मन) MKA 074
ङ) स्वरुपराज आचार्य तिम्रो आँखामा (स्टुपिड मन) MKA 075
१६. सर्वोत्कृष्ट चलचित्र संगीतकार
क) अर्जुन पोखरेल तिम्रो आँखामा (स्टुपिड मन) MKA 076
ख) ताराप्रकाश लिम्बू तिमीलाई के भनुँ (नोभेम्बर रेन) MKA 077
ग) दिपक शर्मा डोला डोला (हवल्दार सुन्तली) MKA 078
घ) वसन्त सापकोटा कम्मरमाथि पटुकी (नाइँ नभन्नु ल–३) MKA 079
ङ) विकास चौधरी बब्ली तेरो (यो कथा हो तिम्रो मेरो) MKA 080
१७. सर्वोत्कृष्ट गजल
क) कसरी मेटुँ विश्व देवकोटा MKA 081
ख) पुग्नु त मैले राधिका अधिकारी MKA 082
ग) बडा गजबको लोकराज अधिकारी MKA 083
घ) म शराबी गोविन्द प्रसाद उपाध्याय MKA 084
ङ) साउनको भेलजस्तो डब्बु क्षेत्री MKA 085
१८. सर्वोत्कृष्ट भुकम्प गीत भिडियो निर्देशक
क) अनिल तण्डुकार महाभुकम्प MKA 086
ख) काजी लिम्बू आमाको बेहाल MKA 087
ग) दिनेश डिसी ढले धरोहर MKA 088
घ) नव ढुंगेल नरुनुस् आमा MKA 089
ङ) विशाल भण्डारी दिप बनोस् MKA 090
१९. सर्वोत्कृष्ट भुकम्प गीत
क) तर्सिराछ मन मिस्टरबाबु अधिकारी MKA 091
ख) धुलैधुलो विप्लव प्रतीक MKA 092
ग) महाभुकम्प दुर्गालाल श्रेष्ठ MKA 093
घ) विपतमा छ राजेन्द्र शलभ MKA 094
ङ) हाम्रो साहस डा.आशबहादुर तामाङ MKA 095
२०. सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत
क) मनोज महतो चोली ल्याउँछु MKA 096
ख) रेणु मोक्तान ढुंगालाई देउता MKA 097
ग) रेवत राई तिमीलाई माया गरेँ MKA 098
घ) रोशनी अधिकारी न म तिम्रो हुन सकेँ MKA 099
ङ) शितल पाण्डे नहुने पो हो कि MKA 100
२१. सर्वोत्कृष्ट युगल गायन सुगम संगीत
क) अन्जु पन्त र मनोजराज कस्तो माया लाइयो MKA 101
ख) प्रल्हाद तिमिल्सिना र नित्य शिवा मुस्काएर अलिअलि MKA 102
ग) प्रमोद खरेल र शिव परियार आफ्नै जिन्दगी MKA 103
घ) सत्यराज र स्वरुपराज आचार्य दिप बनोस् MKA 104
ङ) स्वरुपराज आचार्य र रमा अर्याल जिन्दगीको केही भरोसा MKA 105
२२. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
क) अशिष्मा नकर्मी तिम्रो यादमा MKA 106
ख) झरना थापा फूल जस्तै जून पनि MKA 107
ग) रिमा विश्वकर्मा तिमीले छमछम MKA 108
घ) वर्षा राउत न त तिम्रो हुन सकेँ MKA 109
ङ) सुप्रिया कटवाल किन रोयौ ए चरी MKA 110
२३. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
क) गजित विष्ट तिमीले छमछम MKA 111
ख) जयराम तिमिल्सिना एक्लै रुँदा MKA 112
ग) पल शाह माया बस्यो MKA 113
घ) रेश मरहठ्ठा तिम्रो यादमा MKA 114
ङ) सनम कठायत अन्त माया MKA 115
२४. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
क) दिपेन्द्र घिमिरे फूल जस्तो जून MKA 116
ख) प्रदीप निरौला तिम्रो यादमा MKA 117
ग) विधान कार्की म विना बाँच्न MKA 118
घ) समन अधिकारी किन रोयौ ए चरी MKA 119
ङ) सुरज श्रेष्ठ गहिरो घाउ MKA 120
२५. सर्वोत्कृष्ट ध्वनि मुद्रण सुगम संगीत
क) किशोर थापा किन आयौ परदेशी MKA 121
ख) प्रकाश केसी धेरैलाई बाँड्दा MKA 122
ग) मित्र लामा आँसु झारी MKA 123
घ) विपिन आचार्य जीउने कोशिश MKA 124
ङ) श्यामश्वेत रसाइली ढाँटी ढाँटी MKA 125
२६. सर्वोत्कृष्ट संगीत संयोजन सुगम संगीत
क) आमोश तामाङ नहुने पो हो कि MKA 126
ख) आशिष अबिरल आँसु झारी MKA 127
ग) विपिन आचार्य जीउने कोशिश MKA 128
घ) सचिन सिंह किन आयौ परदेशी MKA 129
ङ) महाराज थापा जुरेली चरी MKA 130
२७. सर्वोत्कृष्ट गीतकार सुगम संगीत
क) गोविन्द प्रसाद उपाध्याय कस्तो माया लाइयो MKA 131
ख) डिआर झन् झन् मुटु MKA 132
ग) देवल भण्डारी दुनियाँको नजरमा MKA 133
घ) विनोद बञ्जरा ढाँटी ढाँटी बैगुनीले MKA 134
ङ) हरि विष्ट निष्ठुरीको छेउमा रुनु MKA 135
२८. सर्वोत्कृष्ट गायिका सुगम संगीत
क) अन्जना गुरुङ सिसासरि MKA 136
ख) अन्जु पन्त धेरैलाई बाँड्दा MKA 137
ग) निखिता थापा म त तिम्रो MKA 138
घ) मिलन अमात्य किन आयौ परदेशी MKA 139
ङ) रिमा गुरुङ फोरेर मुटु MKA 140
२९. सर्वोत्कृष्ट गायक सुगम संगीत
क) आनन्द कार्की देरालीको ढुंगा हुँ म MKA 141
ख) प्रमोद खरेल मुटु जलाइ MKA 142
ग) मनोजराज ढाँटी ढाँटी बैगुनीले MKA 143
घ) सत्यराज आचार्य लाखौंपटक MKA 144
ङ) सुरज कुमार थापा गहिरो घाउ MKA 145
३०. सर्वोत्कृष्ट संगीतकार सुगम संगीत
क) अविद आँसु झारी ताल बन्यो MKA 146
ख) गैरे सुरेश नहुने पो हो कि MKA 147
ग) विपिन आचार्य जीउने कोशिश MKA 148
घ) राजनराज शिवकोटी जुरेली चरी MKA 149
ङ) हरि लम्साल कस्तो माया लाइयो MKA 150
३१. सर्वोत्कृष्ट एल्बम सुगम संगीत
क) अन्तरध्वनि विश्व देवकोटा (लनर्स फ्र्यान्ड) MKA 151
ख) मधुर मिलन मिलन अमात्य (भाइब्स क्रियशन) MKA 152
ग) बञ्जरा विनोद बञ्जरा (एसियन म्यूजिक) MKA 153
घ) सत्यता–२ गोविन्द प्र. उपाध्याय (म्यूजिक नेपाल) MKA 154
ङ) सुमी सुमी सिंह (सुरप्रभा गीतसंगीत) MKA 155
अवार्डमा २०७१ चैत मसान्तसम्म बजारमा आएका गीतसंगीतले आवेदन दिएका थिए । करिब १३ सयभन्दा बढी गीतसंगीतको सहभागिता रहेको थियो । अवार्ड भाद्र महिनाको तेश्रो साता भव्य कार्यक्रमकाबीच सम्पन्न गरिनेछ । अवार्डमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा राष्ट्रियस्तरमा ख्याति कमाएका कलाकारको प्रस्तुति रहनेछ । यस अवार्डमा एकजना बाल प्रतिभालाई ‘म्यूजिकखबर बालप्रतिभा प्रोत्साहन सम्मान’ प्रदान गरिनेछ भने संगीत पत्रकारिताका माध्यमले योगदान पु¥याउने एक जना संगीत पत्रकारलाई ‘म्यूजिकखबर संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ ।
नोट: भोटिङ गर्नका लागि MKA <space> कोड नम्बर टाइप गरी ४२४३ मा पठाउनु पर्नेछ ।