• ‘ए मेरी पूजा’ लिएर बालआश्रम र टिकटकरका साथमा आश्मा

    म्यूजिक खबर
    प्रकाशित: ३ फाल्गुन २०७६, शनिबार

    काठमाडौं । अभिनेत्री आश्मा गिरीले भ्यालेन्टाइन्स डेको अबसर पारेर आफू निर्देशित ‘ए मेरी पूजा’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएकी छिन् । ‘ड्रिम गर्ल’ बाट फिचर फिल्मको यात्रा सुरु गरेकी आश्माले आफ्नो युट्युव च्यानल नेफोली क्रिएसन्सका लागि सो म्युजीक भिडियो निर्माण गरेकी हुन् ।

    भिडियो सार्वजनीक गरेको उपलक्ष्यमा आश्माले शुक्रबार नेफोलि क्रिएसन्सको टिमसहित सिफलस्थित बाल संरक्षण गृहमा आश्रीत बालबालिकासँग भ्यालेन्टाइन्स डे मनाइन् । उनले बालबालिकालाई केक खुवाउदै पढेर असल नागरिक बन्न प्रेरित गरेकी थिइन् । उनले आफू समाजसेवी भावनाको भएकाले असाहय बालबालिकालाई सहयोग गर्न आश्रम पुगेको बताइन् ।

    त्यसैगरी, शुक्रबार साँझ भने उनले नेफोलि क्रिएसन्सका तर्फबाट हात्तिसार स्थित एक रेस्टेरेन्टमा टिकटकमा चर्चित प्रतिभाहरुबीच जमघट कार्यक्रम आयोजना गरिन् । टिकटकरमाझ आफ्नो कम्पनीका कामहरुको जानकारी दिनुका साथै उनले त्यहाँ ‘ए मेरी पूजा’ को प्रमोशन गरेकी थिइन् । टिकटकमा चर्चित प्रतिभाहरुले आश्माको कलाकारिता तथा भिडियो निर्देशनको प्रसंसा गर्दै आगामी दिनमा अझ सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

    कौशलराज खड्कोको स्वर र संगीतमा रहेका ‘ए मेरी पूजा’ बिशाल मल्लले लेखेका हुन् । भिडियोमा हिमांशु कार्की,आशिका श्रेष्ठ र नेहा लिम्बू फिचर छन् । सुवल डंगोलले खिचेको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी, बिजेश पौडेलको भिएफएक्स,कलर र एडिट छ । भिडियोको निर्मातामा आश्मा स्वयम्, कौशलराज खड्का र प्रलभ ढुंगाना छन् । आश्मा ‘ड्रिमगर्ल’ पछि मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको ‘सँगसँगै’ फिल्ममा अनुबन्धित छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु