चलचित्र ‘अ’ को अडिसन फागुन २ मा नयाँ कलाकार लाई स्वागत

म्यूजिक खबर
प्रकाशित: ३० माघ २०७७, शुक्रबार
A-casting-call-final-1

काठमाडौं । निर्देशक भोमन कटुवालको निर्देशनमा बन्न लागेको चलचित्र ‘ए’ को लागि कलाकारको खोजी गरिने भएको छ । यस चलचित्रको लागी चालचित्र चौतारीले अडिसनको जिम्मा लिएको छ । यहि फागुन २ गते चलचित्र विकास कम्पनी लि । बनस्थलीमा चलचित्र ूएू को अडिसनमा चलचित्रमा आफ्नो अभिनय देखाउन चाहनेले आबेदन दिन सक्ने अडिसनको जिम्मा लिएको चलचित्र चौतारीले जानकारी दिएको छ । चलचित्रका लागि चार जना चरित्र अभिनेता र दुई जना चरित्र अभिनेत्री गरी जम्मा ६ जना कलाकारको अडिसन हुने बताइएको छ । भोमन कटुवाल र आकाश उखेडाको लेखन रहेको यस चलचित्रमा प्रल्हाद काफ्लेको लगानी रहको छ ।

विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण गरिन लागिएको यस चलचित्रमा कलाकारहरु प्रमोद अग्रहरी, सोहित मानन्धर, दुर्गेश थापा, राम बाबु रेग्मी, सि ।एम भारद्वाज र बिकेश प्रजापति भने फाईनल भैसकेका छन । काठमाण्डौ र बनेपा आसपास छायांकन गरिने यस चलचित्रको प्राबिधिक पाटो तर्फको जानकारी र छायांकन मिति भने अडिसन पश्चात औपचारिक जनाकारी दिने बताए निर्देशल भोमन कटुवालले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु