• तिजकै भोलिपल्ट सार्वजनिक भयो दशैं गीत ‘ए परदेशी’

    म्यूजिक खबर
    प्रकाशित: ७ भाद्र २०७७, आईतवार

    काठमाडौं । नयाँ वर्षसँगै तिजका सिर्जनाहरु बजारमा ल्याउनेहरुको होडबाजी नै चल्यो । मुलुकमा कोरोनाको कहरसँगै तिजको पनि लहर भित्रभित्रै मौलायो । लकडाउनको वास्ता नै भएन मान्छेलाई गीत रेकर्डिङ रोकिएन । बाटो सुनसान भए पनि स्टुडियोमा भने रमझम भइरह्यो । करिब ५ महिना तिजका गीतसंगीतले बजारमा कोरोनालाई बिर्साउँदै संगीतमय बनायो । यस वर्ष कोरोनाले गर्दा तिजका गीत निर्माणमा कमी आउला कि भन्ने धेरैको आँकलन थियो त्यो भन्दा धेरै गीत निर्माण भए । हरितालिका तिजसम्म धेरैले तिजको रोइलो मच्चाए । तिज मात्र के सकिएको थियो दशैंको गीत सार्वजनिक भइहाल्यो ।

    गोरखा चौतारी म्यूजिकले हरितालिकाको भोलिपल्ट नै दशैं गीत ‘ए परदेशी–६’ सार्वजनिक ग¥यो । यहाँसम्मकी ऋषिपञ्चमीको दिनसम्म पनि कुर्ने फुर्सद भएन । सुनिल लामिछानेको प्रस्तुतिमा बजारमा आएको दर्शै गीत ‘ए परदेशी’को सिक्वेल ६ नम्बरको गीत हो यो । सम्भवतः यसवर्षको पहिलो दर्शै गीत हुनुपर्छ रिलिज भएको । सुनिल लामिछानेको शब्द, ऋषि खड्काको संगीत रहेको यस गीतमा शान्ति श्री परियार र ऋषि खड्काको स्वर रहेको छ । यस गीतको म्यूजिक भिडियोमा सुनिल लामिछाने र सगुन शाहीलाई देख्न सकिन्छ । यस भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन् भने शिव पौडेलले भिडियोको सम्पादन गरेका छन् । ए परदेशी–६ ले नेपाली दर्शकहरुबीच ट्रेन्डिङ यात्रा पनि तय गरिसकेको छ । हेरौं यो गीतले पनि नेपालको टे«न्डिङमा एक नम्बरमा प्रवेश गरोस् शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु