• देशको अवस्था बोलेको गीत ‘राजा मार्ने देश’

    म्यूजिक खबर
    प्रकाशित: ५ बैशाख २०८०, मंगलवार

    काठमाडौं । देशको वर्तमान अवस्था माथि कडा प्रहार गरेको नेपाली ‘राजा मार्ने देश’ सार्वजनिक भएको छ । सार्वजनिक गीतले देशले भोग्दै आएका जटिल अवस्थाहरु– राज परिवारको हत्या, मदन भण्डारी र जिवराज आश्रीतको हत्या, माओबादी सँगको युद्धमा १७ हजार मारिएको, बाह्र भाईको देश, निर्मला पन्त र भागीरथी भट्टको हत्यारा पत्ता नलागेको, राम्रो मान्छेको प्रशंसा नभएर खुट्टा तान्ने प्रबृती गरेको, केही गर्छु भन्नेलाई सिध्याउने खेलको बिषयलाई उठाइएको छ ।

    गीतलाई लोकप्रिय गायक एवं सर्जक जेबी ओलीले प्रस्तुत गरेका हुन् । गीतमा जेबी ओलीकै शब्द, संगीत र स्वर रहेको छ ।

    जेबी ओलीले नै निर्देशन गरेको उक्त गीतको भिडियोमा सुरबिर पण्डित (दाह्री बा), रश्मी भट्ट, आयुशा गौतम, आशिका गौतम, आरुष भुसाल, भुवन खत्री, होम सिंह बिश्वकर्मा आदीको अभिनय रहेको छ ।
    दुर्गा पौडेलको छायांकन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन् । गीत जेबी ओली कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु