काठमाडौं । अनु राईको स्वरमा रहेको गीत ‘पलाएन हुन्छ रे’ सार्वजनिक भएको छ । अनुका यसअघि सार्वजनिक भएका गीत मन पराई मायाले, तिम्रो न्यानो साथ, कसरी विर्सने, मैले चाहे तिमीलाई देउसी भैलो, हल्ला नगर,म साथि बन्न सक्छु दुईचार छितिज लगायतका गीतहरु स्रोतारदर्शकको रोजाइमा परेका छन् यस गीतलाई पनि दर्शकको राजाईमा पर्न उनी आसावादी छिन ।
उक्त गीतमा वावुल गिरीको शब्द, सङ्गीत र ऐरेन्ज रहेको गीतको भिडियोमा आँचल शर्माको अभिनय रहेको छ । गोविन्द राईले निर्देशन गरेको गीतको भिडियोको तेन्जु योञ्जनको कोरियोग्राफ रहेको छ भने भिडियो वीरेन्द्र भाट्टको छायाँकन र अनिल रानाको सम्पादन रहेको छ ।