गायक आकाश गोर्खालीको निधन

म्यूजिक खबर
प्रकाशित: ११ माघ २०७६, शनिबार
Aakash Gorkhali

काठमाडौं । गितारवादक एवं गायक आकाश गोर्खालीको निधन भएको छ । केही समय पहिला पूख्र्यौली थलो झापामा गएको बेलामा ब्रेन ह्याम्रेज भएर बिर्तामोडमा उपचारार्थ रहेका आकाश गोर्खालीको आज निधन भएको छ । सांस्कृतिक संस्थानमा लामो समय कार्यरत रहेका आकाश गोर्खाली पछिल्लो समय गितारवादकका रुपमा आफूलाई स्थापित गराएका थिए । युवा गायक आकाश गोर्खालीको झम झम, धराने सोल्टीनी, हेर तारा, मेरो जीवन लगायतका दर्जनौं गीतहरु रेकर्ड भएका छन् । उनको छोरी र श्रीमती रहेका छन् ।

म्यूजिक खबर परिवार संगीतकर्मी एवं गायक आकाश गोर्खालीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु