
काठमाडौं । जन्म दिने आमा संसारको सबैभन्दा उच्च स्थानमा हुन्छिन् । आफ्ना सन्तानप्रति सदैव माया, स्नेहले आशिर्वादको पात्र बनिरहन्छिन् । सन्तानको खुशी नै आफ्नो खुशी सम्झिरहन्छिन् । तर त्यही आमालाई छोरा छोरी ठूलो भएपछि बृद्धाश्रमसम्म लैजान्छन् । त्यो आमाप्रतिको कर्तव्य हो कि होइन ?
यस्तै भाव समेटिएको गीत हो ‘आमा’ । गायक भुषण खतिवडा र गायिका दीपा पन्तको स्वरमा सजिएको आमा गीत आमाको मुख हेर्ने दिनको अवसरमा सार्वजनिक गरिएको हो । पदम बहादुर निरौलाको शब्दमा रहेको यो गीतले समाजको यथार्थसँगै सन्देश पनि प्रवाह गरेको छ ।